सीआईएनको सातौ वर्षमा प्रवेश गरेको अवसरमा, विषेश अन्र्तक्रिया गर्दै
जेठ १५ काठमाडाैं-
सामुदायीक सूचना नेटवर्क सीआईएन शुक्रबारदेखि छैठौ वर्ष पूरा गरी सातौ वर्षमा प्रवेश गरेको छ । देशभरिका सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सीआईएनको प्रसारण २०६६ साल आजकै दिनदेखि सुरु भएको हो ।
सीआईएनको नेटवर्कमा हाल २ सय ६५ वटा सामुदायिक रेडियोहरु आवद्ध रहेका छन् । सीआइएनले हाल समाचार, सूचना तथा चेतनामूलक जानकारी आदानप्रदान गर्न देशभरीका सामुदायिक रेडियोहरुसँग सहकार्य गर्दै आएको छ । तेस्रो वार्षिकोत्सवको अवसरमा अकोराबका अध्यक्ष मोहन चापागाइले सामाजिक रुपान्तरण तथा मुलुकको आर्थिक समुन्त विकासको लागि सामुदायिक रेडियोहरुले गरेको योगदानप्रति धन्यवाद दिदै आगामी दिनहरुमा अझ एकता र सहकार्यको आवश्यक्ता औंल्याउनु भएको छ ।
२०६५ साल जेठ १५ गते पहिलो गणतन्त्र दिवसको दिन खुलेको सीआईएनले स्थानीय सामुदायिक रेडियोदेखि सिंहदरवारसम्म र सिंहदरवारदेखि समुदायसम्मको सूचना पुलको रुपमा समन्वयकारी भूमीका निर्वाह गरीरहेको छ । सीआईएनमार्फत सामुदायिक रेडियोहरुको पहलमा उत्पादित रेडियो उत्पादनहरुले सामुदायिक पत्रकारिता प्रवर्धन गर्दै नेपालको समाचार अवधारणामा नयाँ आयाम स्थापित गर्ने प्रयास भैरहेको छ ।
पाँचौ वार्षिकोत्सव उपलक्षमा सीआईएनले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । साँझ ५ बजे हुने कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम राखेको सीआईएन संयोजक सोहम सुवेदीले जानकारी दिनुभयो ।
भूकम्पपछिको विपत्तिका कारण सीआईएन बार्षिक उत्सव नमाए पनि त्योसँग जोडर विषेश कार्यक्रम गर्नेभएको छ । आज दिउँसो २ बजे काठमाण्डुमा “विपतमा सामुदायिक रेडियोको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा गृहमन्त्री वामदेव गौतम आउनु हुनेछ । अरु सरोकारवाला र विज्ञहरुको पनि सहभागिता रहनेछ । विपतको घडीमा सामुदायिक रेडियोहरुले विभिन्न कठिनाईको बावजुत पनि सूचना प्रवाहलाई निरन्तरता दिइरहेका छन । अब रेडियोको भूमिका के हुन सक्छ भन्नेमा कार्यक्रम केन्द्रित हुनेछ ।(सिआइएन)

0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news