त्रिवि स्नातक तेस्रो वर्षको परीक्षा जेठ ३१ देखि शुरु
जेठ १३ काठमाडाैं-
त्रिभुववन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा जेठ ३१ गतेबाट सञ्चालन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयको बैठकले जेठ अन्तिमबाट शुरु गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक केशव बास्तोलाले बताउनुभयो ।
शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी, विज्ञान, कानुन संकायमा स्नातक तह तेस्रो वर्षमा करिब साढे दुई लाख परीक्षार्थी छन् । भूकम्पबाट धेरै क्याम्पसहरुको भवन ध्वस्त भएकाले सुरक्षित रहेका क्याम्पस भवनलाई मात्र परीक्षा केन्द्र बनाउने जनाउको छ ।
महाभूकम्पका कारण त्रिविले वैशाखबाटै हुनुपर्ने कानुन संकाय अन्तर्गत एलएलएम दोस्रो वर्ष, बिएएलएलबी पाँचौं सेमेस्टर र १० महिने काउन्सिलिङ साइकोलोजी विषयको परीक्षा स्थगित गरेको थियो । त्यो परीक्षा पनि तत्काल सुचारु गर्ने त्रिविको तयारी छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news