मंगलबारको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या, ६५ पुग्यो

वैशाख ३० काठमाडाैं-
मंगलबार  गएको ठूलो भूकम्पका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ । दोलखा जिल्लामा मात्र ३६ जनाको मृत्यु भइसकेको छ । दोलखामा सदरमुकाम चरिकोटसहित लामाबगर, फस्कुलगायत ठाउँमा भूकम्पबाट मानिसको ज्यान गएको छ । 

यसैबीच १२ गतेको भूकम्पपछि राहत वितरण तथा गाउँगाउँमा भग्नावेशषहरु पन्छाउन केन्द्रीत भएको सरकार आज भने हिजोका घाइतेहरुको उद्धारमा केन्द्रीत हुने भएको छ । 

मंलबारको भूकम्पले बढी क्षति पुर्याएका ठाउँहरुलाई केन्द्रीत गरेर उद्धारका कामलाई प्राथमिकता दिइने छ भने यसअघिको नियमित काम जारी नै रहने गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालले सीआईएनलाई जानकारी दिनुभयो ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news