मसला उद्योगको उद्घाटन, व्यवसायीक सिलाई कटाई तालिम सुरु

(रेडियो बाजुरा)जेठ ११ बाजुरा–
जिल्लाको तोली गाविसमा मसला उद्योग सञ्चालनमा आएको छ । नवदुर्गा महिला कृषि समुहको सक्रियता गाविस र महिला तथा बालबालिका कार्यालयको सहयोगमा उद्योग सञ्चालनमा आएको हो । उद्योगको नवदुर्गा सहकारी संस्थाका अध्यक्ष पद्मादेवी साँउदले उद्घाटन गर्नु भएको छ ।

स्थानीय स्तरमा उत्पादन हुने मसलादार बस्तुलाई गाउँ स्तरमै प्रसोधन तथा प्रयोग गर्ने लक्ष्य सहित उद्योग सञ्चालन गरिएको हो । तोलीमा अदुवा, हल्दी, खुर्सानी लगायतका बेसाद बाली प्रर्याप्त मात्रामा उत्पादन हुने गरेको छ । उद्योग सञ्चालन पछि किसानहरुलाई सहयोग मिल्ने भएको छ ।

यसैगरी व्यवसायीक सिलाई कटाई तालिम आइतबार बाट तोली गाविसमा सञ्चालन भएको छ । पद्मा देवी साउँदको अध्यक्षतामा सञ्चालन भएको तालिमको प्रमुख अतिथि गाविस सहयाक नौले साँउद रहनु भएको थियो ।

साँउदले तालिमको औपचारिक रुपमा उद्घाटन गर्नु भएको पीसविनका रमेश विकले जानकारी दिनु भएको छ । सयुक्त रुपमा गरिएको उद्घाटन कार्यक्रमको सञ्चालन सहकारी संस्थाका सचिव करिष्मा अयडीले गर्नु भएको थियो । 

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news