जिप दुर्घटना हुदा २ जनाको मृत्यु

जेठ १४ रोल्पा-
रोल्पा सदरमुकाम लिवाङवाट घर्तिगाउ तर्फ जादै गरेको लु १ ज १९९२ नम्वरको जिप माडीचौरमा दुर्घटना हुदा २ जनाको ज्यान गएको छ।

रोल्पा ईरिवाङ ७ वस्ने ४२ वर्षीय दलवहादुर डागी र ईरिवाङ ८ कै अन्दाजी २५ वर्षीया विष्णु वादीको मृत्यु भएको प्रहरीले जनाएको छ।

१५ जना सवार रहेको उक्त जिपमा रहेका वाकी १३ जना घाईते रहेका छन्। घाईतेका जिल्ल्ाा अस्पताल रेउघा रोल्पामा उपचार भई रहेको प्रहरीले जनाएको छ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news