आज दिउसो पनी ४.५ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस

जेठ १३ काठमाडाैं-
आज  दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको  धक्का महसुस भएको छ ।  दिउँसो १ बजेर १७ मिनेटमा केही सेकेन्ड कडा धक्का महुस भएको छ  । 

सिन्धुपाल्चोक केन्द्रबिन्दू भएको ४.५ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यसअघि मध्यान्ह १२ बजेर ३ मिनेटमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार मध्यान्ह १२.०३  बजे दोलखालाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो । वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पको रुपमा यो भूकम्प गएको छ। मंगलबार राति १० बजेर ५२ मिनेटमा हावाहुरी चलिरहेकै बेला ५ म्याग्निच्यूटको भूकम्प गएको थियो ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news