रुखबाट लडेर बुटवलमा एक जनाको ज्यान गयो

 जेठ १७  बुटवल-
रुखबाट लडेर बुटवलमा एक जनाको ज्यान गएको छ  । बुटवल – ११ राजमार्ग चौराहा (होण्डा शोरुम) नजिक बस्ने बर्ष ६० का डम्बरदेब ढकालको लिचिको बोटबाट लडेर ज्यान गएको हो ।

 शनिबार राति साढे १२ बजे उनी रुखबाट लडेका हुन् ।

अत्याधिक गर्मीका कारण निद्रा नलागेपछि उनी छट्पटिदै आफ्नै घरमा रहेको लिचिको रुखमा चढेका थिए ।

रुखबाट लडेर उनी चिच्याएपछि परिवारले थाहा पाएका थिए । गम्भीर घाइते भएका उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा राति पौने दुई बजे निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दीलिप घिमिरेले जानकारी दिए । अनलाइनखबर बाट

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news