दार्चुलाको मालिकार्जुन र ग्वानी गाविसमा करिव ३ सय ६३ जना कृर्षक सकृय
राम सिह धामी , जेठ १७ दार्चुला-
हरेक मान्छेलाई स्वस्थ रहनका लागि पोषणको आवस्यकता पर्दछ । आजभोलि पोषणको क्षेत्रमा क्रियाशील सुदायिक ग्रामीण विकास परियोजनाको अगुवाईमा सुआहाराले दार्चुला जिल्ला भरी पोषणको क्षेत्रमा काम गरिरहेको छ।
हरेक मान्छेलाई स्वस्थ रहनका लागि पोषणको आवस्यकता पर्दछ । आजभोलि पोषणको क्षेत्रमा क्रियाशील सुदायिक ग्रामीण विकास परियोजनाको अगुवाईमा सुआहाराले दार्चुला जिल्ला भरी पोषणको क्षेत्रमा काम गरिरहेको छ।
पोषणमा सुधार ल्याउने उद्देश्यले दार्चुला जिल्लाको मलिकार्जुन र ग्वानी गाविसमा जम्मा ३ सय ६३ घरधुरिमा कुखुराका चल्ला र तरकारीको विऊ वितरण गरि सकेको छ । अहिले सम्म ४५ जनाले मात्र कुखुरा पालन गरेको तर सबैले तरकारी आफ्नो बारीमा फलाएर बजारसम्म पुगाइ सकेका छन् ।
कुखुरा पालन र तरकारी उत्पादनमा पुरानोभन्दा पनि नयाँ पुस्ताले प्राथमिकता दिईरहेको सुआहाराका फिल्ड सुपरभाईजर खगेन्द्र प्रसाद जोशीले बताउनुु भयो । तरकारिमा पाईने पोषणका बारेमा पहिले केही पनि थाहा नभएको र अहिले सुआहाराले दिएको तालिम बाट तरकारी खेति र कुखुरा पालन गर्दा निक्कै फाईदा पुगेको मालिकार्जुन गाविसका मानमति धामीले बताउनुभयो ।
दार्चुलाको मालिकार्जुन र ग्वानी गाउँ विकास समितिका हरेक गाँउ र टोलमा गएर सबैमा जनचेतना जगाउदा आजभोलि सबै गर्भवती आमाहरु स्वास्थ्य चौकिमा नै बच्चा जनमाउन आउने गरेकोले आमाको स्वास्थ्य र बच्चाको भविस्य राम्रो भएको मालिकार्जुन स्वास्थ्य चौकीका अनमी कलावती धामीको भनाई रहेको छ ।
पोषणमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरेको सुआहाराको आभियानले पहिलेको भन्दा अहिले धेरै परिवर्तन आएकोले गाँउघरका जनतामा पनि चेतना जागेकोर हरेक परिवारका व्यक्तीले आफनै बारिमा फलाएको तरकारि प्रयोग गरिरहेको मालिकार्जुन गाविसका गाणेश सिह धामीले बताउनु भयो ।
युएसआईडिको सहयोगमा सञ्चालन भईरहेको पोषण सुधार कार्यक्रम अन्तरगत सुआहाराले दार्चुला जिल्लाको ३६ गाविस र १ वटा नगरपालिमा पोषणको क्षेत्रमा काम गरिरहेको सुआहारका संयोजक असोक ओझाले जनाएका छन । २०६८ माघ महिनाबाट सुरु भएको कार्यक्रमले जिल्लामा बसोबास गर्ने सबै जनताको व्यवहार परिवर्तन गर्नुका साँथै पोषणको क्षेत्रमा पनि महत्वपुर्ण भुमिका खेलिरहेको छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news