आगलागीबाट १५ घरमा क्षति
सप्तरी, फाल्गुन ७ गते।
सप्तरीको को-बरसाईन-१ बस्ने बालगोबिन्द यादवको गोठबाट सल्किएको आगोले शनिबार नजिकै रहेका अन्य १५ वटा घर जलेर नष्ट भएका छन्। विहान ४;३० बजेतिर गोठमा बालेको घुरबाट अचानक सल्किएको आगोले बालगोबिन्द यादवको २ वटा कच्ची घर सोही ठाउँका भुल्टेन यादवको ३ वटा घर, किसुनदेव यादवको २ वटा घर, शम्भु यादवको १ वटा घर, शैलेन्दर यादवको २ वटा घर, बद्री यादवको २ वटा घर, बिसुनदेव यादवको २ वटा घर तथा गोठमा समेत आगलागी हुँदा अन्दाजी २३ लाख ८० हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी स्थानिय मानिसहरुको सहयोगमा विहान ६ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ। यता संखुवासभाको सितलपाटी -६ डाँडागाउँ बस्ने गंगामाया राईको घरमा समेत शनिबार आगलागी भएको छ। राइको ढुङ्गा माटोले बनेको २ तले कच्ची घरमा बिधुत सर्ट भइ विहान ९ बजे लागेको आगोले उनको घर भित्र रहको अन्नपात तथा सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ७ लाख बराबरको क्षति भएको बताइएको छ। आगो निभाउने क्रममा गंगामाया समेत सामान्य घाइते भएकी छिन् उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी चन्दनपुरले जनाएको छ।






0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news