ट्याक्टर दुर्घटनामा ५ घाइते
भोजपुर, फाल्गुन ७ गते।भोजपुर नगरपालिका-८ स्थित पालुवामा शनिबार विहान बालुवा लोड गरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। को २ त ३५२४ नम्बरको ट्याक्टर विहान ११ बजेतिर ट्रनिङ काट्ने क्रममा सडकबाट अन्दाजी १०० मिटर खसेर दुर्घटना भएको हो। दुर्टनामा ट्याक्टर चालक भोजपुर दलगाँउ-३ बस्ने वर्ष ३० को भिम तामाङ, ओख्रे-१ बस्ने वर्ष ११ को युनिक तामाङ, सोही ठाउँका ३८ बर्षिय मान बहादुर दर्जी, १७ बर्षिय प्रकाश तामाङ र ११ बर्षिय सुजन दर्जी घाइते भएका छन्। घाइते पाँचैजनाको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी इलामको कोल्बुङ -१ मा ईलामबाट चौपाय लिएर झापातर्फ आउँदै गरेको मे १ च १३३५ नम्बरको पिकअप अनियन्त्रित दुर्घटना हुँदा पिकअपका सहचालक इलाम नगरपालिका-७ बस्ने ५० बर्षिय भक्त बहादुर पौडेल घाइते भएका छन्। घाइते पौडेललाई उपचारकोलागी झापा ल्याइएको प्रहरी चौकी हर्कटेले जनाएको छ।






0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news