तोकिएको समयमै स्ववियु चुनाव गर्न तीन दलका शीर्ष नेताहरु सहमत

काठमाडौं, फागुन ४ – प्रमुख तीन दलका शीर्ष नेताहरुले तोकिएको समयमै स्ववियु चुनाव गर्नेगरी तयारी गर्न विद्यार्थी संगठनलाई निर्देशन दिएका छन् ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेतासहित विद्यार्थी संगठनको नेतृत्वबिच भएको छलफलले तोकिएको समयमै स्ववियु चुनाव गर्ने निर्णय गरेको अनेरास्ववियुकी अध्यक्ष नविना लामाले जानकारी दिनुभयो । स्ववियु चुनाव फागुन १४ गते गर्ने यसअघि नै घोषणा भइसकेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारीसहितका केही साना दलका विद्यार्थी संगठन र नेपाल विद्यार्थी संघको एउटा पक्षले विभिन्न सरकारी क्याम्पसमा तालाबन्दी गरेपछि तीन दलका शीर्ष नेताले विद्यार्थी नेतृत्वसँग छलफल गरेका हुन् ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news