सालकको खपटासहित एक पक्राउ
सुनसरी माघ २९ गते।
सुनसरीको धरान-८ स्थित तिनकुनेबाट शुक्रबार साँझ ५ बजेतिर प्रहरीले सालकको खपटा सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा खोकु-८ बस्ने वर्ष १८ को सबिन राई रहेका छन्। शंका लागी चेक जाँच गर्ने क्रममा राइले बोकेको झोलाबाट अन्दाजी ५ सय ग्रामको खपटा फेला परेको हो। पक्राउ परेका राइलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयल जनाएको छ।






0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news