सुदुरपश्चीमका २० नगरपालिका मध्ये ३ वटा नगरपालिकामा मात्रै भवन सहिता
गीता कुवर, जेठ १९ डोटी-
सुदूरपश्चीमका अधिकांश नगरपालिकाहरुले राष्ट्रिय भवन सहिता लागु गरेका छ्रैनन् । क्षेत्र भरी कै २१ वटा नगरपालिकाहरु मध्ये ३ वटा नगरपालिकाले मात्रै भवन सहिंता लागु गरेका छन् । कैलालीको धनगढी, कञ्चनपुरको भिमदत्त र डडेल्धुराको अमरगढी नगरपालिकाले मात्रै सहिंता लागु गरेका छन् ।
सरकारले भूकम्प प्रतिरोधी भवनका नमुनाहरु सहित २०६१ सालमा राष्ट्रिय भवन सहिंता लागु गरेको थियो । भवन सहिंतालाई नगरपालिकाहरुले लागु नगर्दा भूकम्पको दृष्टिकोणले जोखिमयुक्त घरहरु निर्माण भइरहेका छन् ।
ग्रामीण क्षेत्र र बिपन्न बर्गको बसोबासको क्षेत्र भएकाले सहिंता लागु गर्न नसकिएको दिपायल सिलगढी नगरपालिकाका कार्यक्रम अधिकृत रमेशचन्द्र जोशीले बताउनुभयो ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news