अनुहार हेरेर मात्र पैसा दिने एटिएम निर्माण

 मेचीकाली, एजेन्सी -
बैंक नगइकन आफ्नो खातामा रहेको पैसा एटिएमबाट झिक्ने सुविधाले जीवनलाई सहज बनाएको छ । तर एटिएमकै कारण कैयौं ठगी र अपराध समेत भैरहेका छन् । अहिले सम्म प्रयोगमा आएको एटिएमले हाम्रो कार्ड र त्यसको नम्बर भए पैसा दिन्छ । तर चीनका शोधकर्ताले अव अनुहार हेरेर मात्र पैसा दिने एटिएम तयार गरेका छन् । कार्डबाट हुने लाजसाजी र अपराध रोक्नका लागि यो एटिएम निक्कै महत्वपूर्ण मानिएको छ ।
चीनको शिन्हुआ यूनिभर्सिटी र जेकवान टेक्नोलोजीजका डिभलपरहरुले मिलेर यो एटिएम तयार पारेका हुन् । यो मेसिन चीनमा नै बनेको हो । एन्टी फ्रड प्रविधीका विशेषज्ञहरुका अनुसार यसले एटिएमसँग जोडिएको अपराधलाई कम गर्ने विश्वास लिएका छन् । यो मेसिनले जाली कार्ड र ब्यक्ति पहिचान गर्न सक्छ ।
face finding atm 1

चिनियाँ सञ्चार मध्यमले यसलाई सरकारले प्रमाणित गरिदिएमा बजारमा उपलब्ध हुने जनाएका छन् । यो एटिएमको नराम्रो पक्ष भनेको यो मेसिनबाट जसको कार्ड उही ब्यक्तिले मात्र पैसा निकाल्न सक्छ ।
सम्बन्धित समाचार : 

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news