६८ जिल्लामा कक्षा १२ को परीक्षा आजबाट सुरु
जेठ २० काठमाडाैं-
गएको बैशाख १२ र २९ मा गएको महाभूकम्पका कारण १ महिनापछि सारिएको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ ।
भूकम्पबाट बढी प्रभावित ७ जिल्ला बाहेकका ६८ जिल्लाका विभिन्न स्थानमा आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको हो ।
प्रत्यक बिहान ७ देखि सुरु भएको परीक्षा १० बजेसम्म हुनेछ । भूकम्पबाट बढी प्रभावित गोरखा, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरी सात जिल्लामा भने केही समयपछि हुनेछ । यी जिल्लाबाहेक भूकम्पबाट परिवारका सदस्य गुमाएका तथा विशेष परिस्थितिमा गुज्रिएका विद्यार्थीले समेत प्रमाणका आधारमा पछि परीक्षा दिन पाउने छन् ।
त्यसैगरी कक्षा ११ को परीक्षा असार १ गतेबाट हुनेछ । कक्षा १२ र ११ का गरी ६ लाख ७२ हजार ७ सय ४४ विद्यार्थीले परीक्षा दिंदैछन् । परीक्षार्थीमध्ये ३ लाख ३६ हजार ६ सय ५६ छात्र र ३ लाख ३६ हजार ८८ छात्रा छन् ।
हरेक केन्द्रमा एक केन्द्राध्यक्ष, १ हजार ६९ सहायक केन्द्राध्यक्ष, ९ सय १३ पर्यवेक्षक, ९ हजार ७ सय ६१ निरीक्षक, कर्मचारी, कार्यालय सहयोगीहरु र १० हजार ९ सय ९८ सुरक्षाकर्मी खटाइएका छन् । राजधानी उपत्यकाका परीक्षा केन्द्रमा मोबाइल चिकित्सक सहितको तीनवटा एम्बुलेन्स सेवा तैनाथ राखिने परिषदले जनाएको छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news