ट्राफिक प्रहरी दैलेखद्धारा जेष्ठ महिनामा १ लाख ४४ हजार बढि राजश्व संकलन

भिम सिजापति , असार १ दैलेख-
ट्राफिक प्रहरी कार्यालय दैलेखले गत जेठ महिनामा सबैभन्दा बढि १ लाख ४४ हजार ८ सय राजश्व संकलन गरेको छ । 

प्रहरीले एक महिनामा ८३ बसलाई कारबाही गरी १९ हजार ९ सय, १ सय १० ट्रकलाई कारबाही गरी १९ हजार ७ सय पचास, ९४ ट्याक्टरलाई कारबाहि गरी १५ हजार १ सय, ७३ जीपकारलाई कारबाहि गरी १७ हजार ७ सय पचास रकम संकलन गरिएको छ । 

६ सय यातायातका साधनलाई कारबाही गर्दा राजश्वसंकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक छविलाल ढकालले बताउनु भयो । ढकालले सबै भन्दा बढि मोटरसाईकलले सवारी नियम उल्लङघन गर्ने गरेको बताउनुभयो ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news