तिब्बततर्फको नाका बन्द गर्दा २५ हजार विदेशी पर्यटक रोकिए

जेठ १८ काठाडाैं-
चीन सरकारले तिब्बततर्फको नाका बन्द गर्दा नेपाल हुँदै कैलाश मानसरोवर घुम्न जाने योजनामा रहेका करिब २५ हजार विदेशी पर्यटक रोकिएका छन् । भूकम्पको कारण देखाउँदै चीनले तिब्बततर्फका सबै नाका बन्द गरिदिएको छ । तिब्बतको कैलाश मानसरोवर जान ३८ टुर एन्ड ट्रावल्स कम्पनीमार्फत २५ हजार विदेशी पर्यटकले बुकिङ गरेको कारोबारमा खबर छ ।

अहिलेसम्म कुनै पनि पर्यटकले बुकिङले रद्द भने नगरेको नेपाल कैलाश यात्रा संघका अध्यक्ष प्रकाश श्रेष्ठले बताए । उनका अनुसार चीनले विनाशकारी भूकम्पको कारण देखाउँदै सबै नाकाबाट तिब्बत जान रोक लगाएको छ ।

चीनले तातोपानी, रसुवालगायत क्षेत्रमा पहिरो आउन सक्ने भन्दै नाका रोकेको छ । व्यवसायीले जहाजमार्फत काठमाडौं-नेपालगञ्ज, सुर्खेत र त्यसपछि हेलिकोप्टर तथा पैदलयात्रामार्फत मानसरोवर लैजानका लागि सहजीकरण गर्न सरकार गुहारेको श्रेष्ठले बताए ।


,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news