विपत्तीको समाजशास्त्र


विरबहादुर विष्ट-
दृश्य एकः ला बा खै त मामु । उहाँ त माथिल्लो तल्लामा निदाइराख्नु भाथ्यो खै निस्किनु भयो कि भएन ? हेर त हेर । नाईः म जान्न तपाई नै जानुस् ।

दृश्य दुईः सामान्यतया भूकम्प आइरहेका बेला जिर्ण ÷ जोखिमपूर्ण घरभित्र जानु हुदैन भन्ने हुन्छ तर बचाउ बचाउ भनेको सुनेर मन थाम्नै सकिएन भत्किदै गरेको घरबाट सुत्केरी आमालाई बचायौं ।– सिन्धुपाल्चोक स्थित नेपाली सेना)

माथिका दुइ प्रतिनीधी घटना कालो दिन २०७२ बैशाख १२ र त्यस पछिका विपत्तीका प्रतिनीधी घटना हुन् । एका तर्फ आफ्नै विरामी ससुरालाई छोडेर ज्यान जोगाउन भाग्ने एक छन भने अर्को आम नागरिकको ज्यान जोगाउन आफ्नो ज्यानको बाजी थाप्ने रक्षक । नेपाली समाज र मानिसहरुमा देखिएको सामाजिक, सांस्कृतिक परिवर्तनका बाछिटा हुन् । 

ज्यानको माया कस्लाई हुदैन र ? भनिन्छ ‘अनिकालमा वीऊ जोगाउनु संकटमा जीऊ जोगाउनु’ जति आत्मिय भए पनि भगवान भरोसा बाहेक केहि गर्न सकिदैन अनायासको विपत्मा भन्ने धारणा एक तिर छ भने आफु मरी अरुलाई बचाउनु सक्नु अर्को परिचय हो गोर्खाली को । सिद्धान्त र व्यवहारको मेल नहुन सक्छ जहिले पनि त्यसैले आफु बचौं अरुलाई बचाउको मान्यता नै अहिलेको यथार्थता हो । 

सुनको वास्तविकता पत्ता लगाउन आगोमा राख्नुपर्छ मान्छेलाई विपत पर्नुपर्छ भन्थ्ये हो रहेछ । आखिर जीवन, सम्वन्ध, सम्पत्ती, शक्ति र अहमताको पहिचान अग्नी परीक्षा ग¥यो महाविपतले । जो जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा ज्यान जोगाउ अभियानमा लागे । आखिर ज्यान नै ठूलो रहेछ अरु सवै तपशिलका कुरा रहेछन् । हिजो, आज र भोलीको समाजमा पनि नियम यस्तै लागु हुन्छ होला तर फरक यति हो हिजो मानवता थियो, आज मानव छौं र भोली के हुन्छौ? निकटतम् नाता मानिने आमा–बुवा, सासु–ससुरा, श्रीमान्–श्रीमती, छोरी–छोरीबाटै अकल्पनीय र अस्वभनीय कर्म हुन थालेका छन् । 

यसले प्रश्न उब्जाएको छ के साँच्चै नेपाली समाजमा नैतिकताको गिरावट आएकै हो ? अव हामीमा हिजोको वन्धुत्व, भातृत्व, मातृत्वको सुर्को बाँकी छैन ? पूज्य मानिएकी चेली आफ्नै वुबा, काका, दाई–भाई, आफन्तबाट असुरक्षित हुनु, पशुपक्षीको समेत दया गर्ने मनकारीहरु पीडीतकै आशुमा व्यापार गर्ने प्रपञ्च रच्ने, जीवन–मरणको सञ्जीवनी औषधीमा खेलवाड, सबैभन्दा सुरिक्षित आवास निमार्णमै कच्चापना, भगवान साक्षत सम्झेर सारा शरिर सुम्पिने चिकित्सकबाटै विरामी असुरक्षित कहाँ सम्मको विडम्वना हो । सामाजिक चेत, बस्तुवादिता र क्षणिकताको पराकाष्ठा हुन तथापी हाम्रो एकता कायम रहेका कयौं दृश्य पनि छन् ।
मानवता र समाजः
समाजको परिभाषा भित्र सामाजिक अन्तरकृया, सद्भाव, प्रतिश्प्रर्धा, संघर्ष, सह–अस्तित्व जस्ता पक्षहरुको मिलन रहेका हुन्छन् । एक आगन–एक मन भन्ने हाम्रो मान्यतालाई छिमेकी मुलुकले पनि राम्रै संग देखाएका छन् । नेपाललालई विपत पर्दा भुटानका प्रधानमन्त्री स–शरिर उपस्थित भए, भारत, चीनका उद्धारकर्मी तत्काल उपस्थित भए अन्य छिमेकी पनि रातारात होमिए उद्धारमा । नेपाली सेना, प्रहरी(शसस्त्र प्रहरी पनि) दिन–रात, घामपानी नभनी खटिए विपतबाट जोगाउन, उपचार गर्न । मानवताकै कारण यो सब सम्भव भएको हो । आफ्नो गाँस कटाएर प्रभावितका चुल्होमा आगो बाल्न पूर्व देखि पश्चिम, विश्वको कुना–कुनाबाट राहत, आवासको ओइरो लाग्यो ।  यसरी स्वस्फुर्त देखाएको उदारता, मानवता र सहृदयतालाई कुनै मौद्रिक मूल्यले भुक्तान गर्नु सकिदैन । तुलना गर्नु केवल मुर्खता हो । मानवतावादी अभियान्ता जयपृथ्वीबहादुर सिंहले भनेको मानवता मेरो धर्म हो, मानव सेवा मेरो कर्म हो भन्ने दृष्टान्त खुलेयाम प्रदर्शन भयो ।
अवको समाज
अप्ठ्यारो पर्दा प्रायले सम्झिने आमा–बावु नै होला सायद । ऐया बा । ऐया आमा । त्यस पछि भगवान । अवको भरोसा भने सरकार हा । बस्ने बास, खाने गास र लगाउने कपास समेत नरहेको बेला अन्तिम र पहिलो अविभावकलाई नै सम्झिने हो, त्यो हो सरकार । आफन्त, छिमेकीबाट आशा गर्ने समेत ठाँउ रहेका बखत सरकार नै निर्विकल्प अविभावक हो । सरकारले आफ्नो अविभावकिय जिम्वेवारी पुरा गरिरहेको छ गर्नु पर्छ । दिनप्रतिदिन सुक्दै गएका घाउहरुमा मलहमका साथै अन्य आवश्यकता पनि लाइन लागेर बसेका छन् । शिक्षा, स्वास्थ्य, रोजिरोटी जस्ता विविध पक्षका साथै आगामी विपत्तीबाट जोगाउनु अहिलेको आवश्यकताको हो ।  

सामाजिक परिवर्तन एकाएक सम्भव भएपनि सांस्कृतिक परिवर्तन हुन समय लाग्छ माओत्सेतुङले भनेको उद्दघार हो यो । समाजमा रहेका विकृती, विसंगतीका साथसाथै साम्प्रदायीकता, आत्मियता, प्रेम सद्भावमा बदलाव आउन पनि समय लाग्दछ । नेपाली समाजमा देखिने गरेको भाइवन्धुत्व, मातृत्व–प्र्रतित्वलाई बचाउन र विकास गर्न विद्यालय तह देखि सामाजिकृत, समाजसेवा र सामुहिक कार्यमा सरीक गराउदै जानु पर्ने देखिन्छ । युवावर्गले देखाएको उनुकरणीय सकृयतालाई अझ प्र्रभावकारी बाउन उनीहरुलाई तालिम, सीप र प्रविधीयुक्त बनाउनु आवश्यक छ । बिरबाहादुर विष्टको ब्लगबाट

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news