युवा वैज्ञानिकले गरे भूकम्प आएको थाहा पाउने प्रविधिको सफल परीक्षण

जेठ १५ काठमाडाैं-
नुवाकोटका युवा वैज्ञानिक राम,लक्ष्मण रिमालले भूकम्प आएको थाहा पाउने प्रविधिको सफल परीक्षण गरेका छन् । नेपालमा आएको विनाशकारी भूकम्पले र त्यसपछि निरन्तर रुपमा आईरहेको पराकम्पनपछि त्रसित मानिस त्रास विहिन रुपमा बाँच्नको लागि गरेका भूकम्प आएको थाहा पाउने प्रविधिको परिक्षण सफल भएको हो ।

युवा वैज्ञानिक रिमालले सो परीक्षणलाई सफल पार्न १० दिनदेखि प्रविधिको विकास गरी परीक्षण गरीरहेको जानकारी दिए । बुधबार १:१५ को भुइँचालो आउँदा साइरन बजेको र आफूहरु बाहिर निस्केको रिमालको भनाइ छ । 

बाहिर निस्केपछि ठूलो धक्का लाग्यो त्यसैले आफूहरु सफल भएको दुईभाइको दाबी छ । सानो भूकम्प आउने बेलामा साइरन बज्छ यसले छिटो भन्दा छिटो भाग्न सहयोग पु-याउने उनीहरुको विश्वास छ ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news