भूकम्प पिडितका लागि जुम्लाबाट ३५ लाख जम्मा

नन्दराम जैशी, जुम्ला १५ जुम्ला-
भूकम्प पिडितका लागि जिल्ला दैवि प्रकोप उद्धार राहत कोष जुम्ला मार्फत प्रधानमन्त्री राहत कोषमा हाल सम्म ३५ लाख १ हजार ६ सय १८ रुपैया जम्मा भएको छ । 

भूकम्प पिडितका लागि सहयोग होस भन्ने उदेश्यले संकलन गरीएको रकम मध्य हालसम्म ३५ लाख १ हजार ६ सय १८ रुपैया राहत कोषमा जम्मा गरीएको निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेले बताउनुभयो । 

त्यस्तै भुकम्प पिडितहरुका लागि जुम्लामा नगद तथा खाद्य सामाग्रि संकलन भइरहेको छ । जिल्ला स्थीत विभिन्न सरकारी तथा गैर सरकारी निकाय तथा गाँउ घरमा रहेका विभिन्न क्लव, बिद्यालय तथा बिद्यार्थिहरु भुकम्प पिडितहरुका लागि नगद तथा खाद्य सामाग्रि संकलनमा जुटिरहेका छन् । 

ब्यक्तिको गक्ष अनुसार भुकम्प पिडितका लागि स्थानियले नगद तथा खाद्य सामाग्रि, अर्गानिक सिमि, काकिमार्से धान लगाएत सामाग्रि सहयोग गरीरहेका छन् । संकलन भएको सबै रकम तथा खाद्य सामाग्रि पत्रकार सम्बेलन गरी जिल्ला दैवि प्रकोप उद्धार राहत कोष मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरीने उहाले जानकारी दिनु भयो । 

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news