लैगिंक उत्तरदायी बजेट तर्जुमा तथा प्रशिक्षण सस्मबन्धि अन्तरक्रिया सम्पन्न
रेडियो बाजुरा, जेठ १२ बाजुरा–
लैगिंक उत्तरदायी बजेट तर्जुमा तथा प्रशिक्षण सम्वन्धि दुई दिने अन्तरक्रिया गोष्ठि मार्तडीमा सकिएको छ ।
स्थानिय विकास अधिकारी युवराज पौडेलको अध्यक्षतामा सञ्चालन भएको गोष्ठि जिल्ला विकास समिति बाजुरा आयोजना सम्पन्न भएको हो । गोष्ठिमा ६ वटा राजनीतिक दलका प्रतिनिधि र सरकारी कार्यलयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
गोष्ठी जिल्ला विकास समितिको बैठक कक्षमा सम्पन्न भएको गोष्ठिमा नेपालीका काँग्रसका कार्यबहाक सभापति कविराज पण्डित, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष कालीबहादुर शाही, एनेकपा माओवादी जिल्ला कमिटि अध्यक्ष सहदेब बोगटी, नेकपा माओवादीका चन्द्रबहादुर थापा, राप्रपा जिल्ला अध्यक्ष चन्द्रबहादुर शाह र राप्रपा नेपालका कान्तबहादुर शाहीका सहभागिता रहेको थियो ।
दुईसम्म सञ्चालन भएको कार्यक्रमको सहजीकरण स्थानिय विकास अधिकारी, जिल्ला विकास समिति लेखाअधिकृत देबबहादुर घर्तीलगाएत गर्नुभएको थियो । कार्यक्रममा लैगिंक उत्तरदायी बजेट तर्जुमा गोष्ठि भएपनि महिला सहभागिता नगराएकोमा आपत्ति जनाउनुका छन् । जिल्ला विकास समितिले आर्थिक वर्षको अन्तमा आएर गोप्य रुपमा खर्च गरेको जिल्ला महिला अधिकार मञ्चका अध्यक्ष रुकमीणी शाहले बताउनु भएको छ ।
कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष झुपा रानाले आफु राजनितिक दलको भातृ संगठन भएकोले आफुलाई कार्यक्रबाट बहिस्कृत गरेको आरोप लगाउनु भएको छ । आफु कार्यक्रम विना सुचनामा सहभागि भएकोमा कार्यक्रमबाट बर्खास्त गरेको महिला अधिकारकर्मीको आरोप रहेको छ । यस्ता कार्यक्रम यो भन्दा पछि दोहोरिएमा आन्दोलनमा उत्रीने चेतावनी दिएका छन् । लैगिंक उत्तरदायी बजेट तर्जुमामा महिलाको पनि सहभागिता हुनुपर्ने उनीहरुको माग रहेको छ । त्यस्तै सञ्चार माध्यामका सञ्चारकर्मीले सुचना नदिएकोमा आपत्ति जनाएको छन् ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news