मोसु कतारका सामाजिक गतिबिधिहरु
दिलिप पराजुली, जेठ १२ दोहा कतार-
सन् २००१ मा कतारमा रहेका मोरङ र सुनशरी जिल्ला बासी नेपालीहरुको पहलमा " मोरङसुनसरीको चाहना सभ्य र समृद्द समाजको स्थापना" भन्ने नाराका साथ स्थापाना गरिएको सस्था मोरङसुनसरी सेवा समाज आज कतारमा मात्र नभएर नेपाल सरकारमा विधिवत दर्ता भई सुनसरीको इटहरीमा स्थापित केन्द्रिय कार्यलय नेपालरही शाखा कार्यालयहरु दुबई, बहराईन, ओमान लगाएतका देशहरुमा समेत विस्तार भइसकेकोछ भने अन्य रास्ट्रहमा पनि संचालन हुने क्रम जारी रहेको छ ।
मातृभूमि प्रति उत्तरदायि भूमिका निभाउदै सहयोगी भाबनाले ओतप्रोत ब्यक्तित्वहरुको अग्रसरतामा खुलेको मोरङसुनसरी सेवा समाज कतार हरेक वर्ष विभिन्न नया गतिबिधिका साथ समाजमा पहिलो स्थान ओगट्न सफल रहेको छ |
विभिन्न परियोजना मार्फत मातृभुमीको विकासमा समेत समर्पित यस सस्थाले एम्बुलेन्स सेवा, विभिन्न स्थानमा अक्षय कोष, छात्रवृद्दी आदी संचालित छन् भने सहकारीता मार्फत आफ्ना सदस्यहरुलाई एकल तथा सामुहिक व्यवसाय तर्फ उत्प्रेरित गर्दै स्वालम्बन तथा स्वरोजगारमा समेत टेवा पुर्याइरहेको भने बर्तमान अबस्थामा नेपालमा भएको मह-भूकम्प बाट प्रभाबित परिवारहरु प्रति मोसु नेपाल टिम आफै समाबिस्ट भइ आर्थिक सहयोग तथा राहत कार्यमा संलग्न रहिरहेको छ |
प्रवासी संस्थाहरु बिच एक उदाहरणिय संस्थाको रुपमा स्थापित यो संस्था र यसका अगुवाहरु समाजका विभिन्न क्षेत्रमा समेत क्रियाशिल छन् जस्तै एनआरएनए आइसीसी उपाध्यक्ष टि बी कार्की, एनसीसी कतार उपाध्यक्ष कुमार कार्की, महासचिव बिनोद भट्टराई, कमलमणी गुरागाई, दिलकिरण खजुम, चानक पोख्रेल, धिरज राई आदि व्यक्तित्वहरु मोसु कतार तथा समाजका विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरु हुन् ।
मिति २२ मइे २०१५ का दिन सस्थाका अध्यक्ष श्री टेकनाथ बरालको अध्यक्षतामा दोहाको वेलकम रेस्टुरेन्टको सहभाहलमा मोरङ्सुनसरी सेवा समाज कतारको कार्य समितिका पदाधिकारी, सदस्य, बरिस्ठ सल्लाहकार तथा सल्लाहकारहरुको उत्साहजनक सहभागीतामा संस्थाको बृहद बैठक बसि संस्था बिकासकालागी महत्वपूर्ण निर्णयहरु गरिएको छ ।
२०७२ साल बैशाख १२ गते गएको महा-प्रलयकारी भूकम्पबाट बिस्थापित घर-परिवार हरुको उद्दार तथा सहयोगकालागी सस्थागतरुपमा उठाउन सुरु गरिएको सहयोग रकम ५ लाख पच हत्तर रुपया राहत सन्कलन भएको मा उक्त कार्यमा बिशेश सहयोग पुर्याउने The Diplomatic Club, QAFCO-QFC, Qatar Caterers, Q Invest मा कार्यरत नेपाली तथा अन्य मुलुकका नागरिक र सम्पूर्ण मोसु परिवार एवम अन्य सम्पुर्ण आदर्णिय सहयोगी महानुभावहरुमा प्रति मोसु कतार ले धन्यबाद ब्यक्त गरेको छ। संकलित रकम मध्यबाट NRNA NCC, कतार मार्फत रु, १,११,१११/- तथा ततपस्चात संकलित सम्पुर्ण रकम मोसु नेपाल मार्फत प्रभाबित हरुको राहत तथा सहयोगका लागि पठाइने भएको छ।
यसैगरी मोरङ र सुनसरी जिल्ला को सिमानामा पर्ने, यांसिला - ८ चोक्टी स्थित ३ वटा घरहरु आगलागीका कारण पूर्णरुपमा प्रभाबित भएको एवम पिडित परिवारहरुको स्थिती एकदमै नाजुक भएको भन्ने मोसु नेपाल बाट प्राप्त जानकारी अनुसार निजहरुको बसोबाशका लागी आवश्यक पर्ने जस्ता पाता खरिद गर्न रु. ५१,०००/- मोसु नेपाल मार्फत प्रदान गरिने समेत मोसु कतार का अध्यक्ष टि एन बराल ले बताउनु भयो। यसबाहेक, रिक्त रहेको मोरङ्सुनसरी सेवा समाज कतार को सह-सचिव पदमा सस्थाका सक्रिय सदस्य श्री तेज बहादुर कटुवाल को मनोनयन लगायत सस्था बिकासलागि केहि अन्य महत्वपुर्ण निर्णयहरु समेत यस बैठकले गरेको जानकारी मोसु कतारका अधक्षले बताउनु भएको छ ।
मुलुक महा-भुकम्पको कारण क्षतिग्रस्त भएका बेला कतारमा कार्यरत यस सामाजिक सस्थाले आफ्नु सस्थाको सुद्रिधिकरण सगै भुकम्प पिडितहरु को सहयोगका लागि गरेको योगदानले अन्य सहयोगि मन हरुलाइ समेत प्रेरणा मिलेको छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news