‘षडङ्ग’ उर्फ सौगात मात्रै
विनोद ढकाल-
कलाकारको काम अभिनय नै हो। फिचर फिल्ममा उत्रिँदा अभिनयलाई जीवन नदिने हो भने त्यो कलाकारको काम हुनेछैन। कलाकारले आफ्ना फ्यानलाई जोगाउनका लागि जस्तो पनि अभिनय गर्न सक्नुपर्छ।
फिल्म त्यहि हो, जहाँ कथा एकातिर भएपनि अभिनय अर्कातिर हुन्छ। तर, कथामा चित्त नबुझेपनि अभिनयबाटै दर्शकको चित्त फुक्न सक्छ।
के तपाई अभिनेता सौगात मल्लको डाइहर्ट फ्यान हो ? उनको अभिनयमा विश्वास गर्ने र उनलाई पर्दाभित्र अभिनयमा हेर्न रुचाउनुहुन्छ ? यदि त्यस्तो हो भने शुक्रबारदेखि रिलिज भएको षडङ्ग हेर्न जानुहोस्। सौगातको अभिनयले नै फिल्ममा बाँध्नेछ।
राजनीति, व्यापारी र गुन्डागर्दीको अन्तरसम्बन्धको कथा हो, षडङ्ग। राजनीतिले गरेको संरक्षण, व्यापारीको स्वार्थमा भरिएको अपराध र अपराधमा रुमल्लिएको ग्यांगस्टरको नरमाइलो अन्त्यको कथा हो, षडङ्ग। स्वार्थ भरिएका अनेक पात्रहरुका आफ्नै चरित्र र केही कमेडीसहितको आधुनिक बजारको कथा हो, षडङ्ग।
फिल्मको सुरुआत नै कालु डन, कालु यादव (सौगात मल्ल) देखि सुरु हुन्छ र अन्त्य पनि कालुको अन्त्यसँगै हुन्छ। यो फिल्मका मुख्य कलाकार नै कालु डन हो। काठमाडौंमा हुने भाइगीरी, गुन्डागर्दी, अपराधका अनेक घटनादेखि हत्यासम्म हुन्छन्। व्यापारी, राजनीतिज्ञ, तस्करहरुले गुन्डालाई उपयोग कसरी गर्छन् भन्ने फिल्ममा देखाउने प्रयत्न गरिएको छ। सुरज सुनुवार निर्देशित पहिलो फिल्म षडङ्ग आधुनिक काठमाडौंमा हुने सत्यघटना नजिकको एक कलात्मक विम्ब बनाउने प्रयत्न हो। केही सस्पेन्स देखाउन खोजिएका छन्, पर्याप्त छैनन्। फिल्ममा कमेडी पनि छन्, त्यसले दर्शकलाई फिल्ममा बाँध्छ।
कास्टिङ

व्यावसायी राजा (विजय लामा)को लागि काम गर्ने कालु डन (सौगात मल्ल)को गुन्डागर्दी, व्यावसायीकी सौखकी पात्र मोडेलका रुपमा देखिएकी सलिना (प्रियंका कार्की), कालुको सहयोगी विक्रम (सौरमराज तुलाधर), डिएसपी (अनुप बराल) यस फिल्मका मुख्य कलाकार हुन्। यीनकै वरीपरि नै फिल्म घुमेको छ। कास्टिङ डाइरेक्टरको सवैभन्दा महत्वपूर्ण खुबी भनेको उसले छानेको मुख्य कलाकार नै हो।
बाँकी भुमिकाअनुसार खुलेका छन्। प्रियंका कार्कीको अभिनय खुलेको छैन। उनको अभिनय फिक्का र लेन्दी छ। यद्यपि, उनलाई एक महत्वपूर्ण पात्रका रुपमा उभ्याउने कोशिश गरिएको छ, एक हिसावले प्रियंका कार्की नै क्लाइमेक्स हो भन्दा फरक पर्दैन। तर, उनको अभिनय पात्रअनुसार स्पष्ट छैन, निर्देशक सुनुवारले खुलाउन सकेका छैनन्।
प्रविधि
प्रविधि
सस्तो नेपाली बजारमा उपलव्ध प्राविधिक सामग्रीका आधारमा सिनेम्याटोग्राफरले जुन हिसावले फिल्म खिचेका छन्, त्यसमा खोट लगाउन हुँदैन। सम्पादनमा केही कमजोरीहरु देखिएका छन्। सिनहरुलाई जोड्ने कुरामा सम्पादकले ध्यान नपु¥याएको हो वा निर्देशकले नै सम्पादनमा ख्याल नगरेको। दृश्यहरु लामा छन्, संवादहरु निरन्तर दोहोरिएका पनि छन्, त्यो सम्पादनका क्रममा ध्यान दिनुपर्ने कुरा हो। यद्यपि, परम्परागत नेपाली फिल्मभन्दा प्राविधिक रुपमा माथि छ।
फिल्म भनेको यथार्थ कथाको टेस्ट त हो नै अभिनयको जीवन्तता पनि हो। षडसङ्गमा सौगात मल्ल बाहेकका कलाकारको अभिनयमा जीवन नभेटिएपनि सौगातको भुमिकाको सहयोगचाँही भएका छन्। अडिसनका समयमा नै अन्य कलाकार नदेख्ने र निर्देशकको पनि ख्याल नगरी आफ्नो क्यारेक्टरमा छिर्नसक्ने क्षमता सौगातले देखाएका छन्। प्रशंशा उनको अधिकारका रुपमा देखा पर्दछ।

जब कुनै चीजको निर्देशन गर्न थालिएको छ भने फिल्मका हर लेयरका बारेमा जानकारी राख्नु निर्देशकको कर्तव्य हुन्छ। सुनुवारले षडङ्गमा यी सवै पक्षमा आफ्नो उपस्थिति नदेखाएको महसुस गराउँछ फिल्मले। नेपाली फिल्मले ९० को दशकको गीत संगितलाई राख्नैपर्ने अनिवार्यतालाई हटाउन थालेको छ, यसले फिल्मलाई त्यति साह्रो असर गर्दैन। तर, जति राखिन्छ, त्यो चोटिलो र दर्शकको मुखमा झुन्डिने राखेको राम्रो हो। आइटम गीतका रुपमा राखिएको एउटा गीतले त्यति ध्यान खिच्दैन।
नेपालमा हुने ग्यांस्टरको सतही कथाका बारेमा दर्शकले राम्रोसँग बुझेका र पढेका छन्। त्यहाँभित्रको गुह्य कथा के हो ? कसरी एउटा सामान्य मान्छे डनसम्म बन्छ र कसरी संरक्षण पाउँछ भन्ने कुराको सुक्ष्म कथा फिल्मका रुपमा उतारेको राम्रो हुन्छ। त्यसकारण कथा र त्यसको पटकथासहितका लेखकीय पाटोमा सुक्ष्म अध्ययनको कमजोरी राख्नु एउटा निर्देशकका लागि आगाी बाटोका लागि पाठ त हुनसक्छ। तर, जानाजान हतारमा कथाको हत्या गर्नुचाँही राम्रो हुँदैन भन्ने नै हो।

षडङ्ग भारी र अमूर्त शव्दमा मूर्त उत्तर दिन चुकेको पनि भेटिन्छ। यद्यपि, निर्देशकले जस्तो कथा भएपनि कलाकारलाई असली पात्रका रुपमा उभ्याउन सक्नुचाँही सफलता नै भन्नुपर्छ। षडङ्गको सवै पाटो भनेकै सौगात मल्ल नै देखिएका कारण। नेपाली फिल्ममा अभिनय मर्दै गएका बेला आएको यो फिल्म औसत राम्रो हो। एक शव्दमा फिल्मको बारेमा भन्नुपर्दा ‘षडङ्ग’ उर्फ सौगात मल्ल मात्रै हो। सेतोपाटीवाट साभार गरिएको ।

0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news