माओवादी नेता श्रेष्ठका दुवै खुट्टा भाँच्यो
वैशाख २९ काठमाडौं-
मंगलबार आएको पछिल्लो भूकम्पमा परी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका रामेछाप जिल्ला सचिव इन्द्रकुमार श्रेष्ठका दुवै खुट्टा भाँचिएका छन् ।
भूकम्पबाट भत्किएको रामेछापको एक घरमा पुनर्निर्माण कार्यमा लागिरहेका बेला अचानक ठूलो भूकम्प आएपछि मर्मतकार्य भइरहेको घरबाट लड्दा माओवादी नेता श्रेष्ठको खुट्टा भाँचिएको हो ।
श्रेष्ठलाई मंगलबार आपाह्न नै उपचारार्थ काठमाडौं ल्याउने तयारी चलिरहेको जानकारी नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् कार्यालयसचिव गुणराज लोहनीले खबरडबलीलाई दिएका छन् ।






0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news