अपडेट : २ घन्टाबीच भूकम्पका ठूलठूला १० धक्का

वैशाख २९ काठमाडाैं-
महाभूकम्पकाे साेह्राैं दिन फेरि ठूलाे भूकम्प दाेहाेरिएकाे छ । दोलखाको सुनखानीलाई केन्द्रविन्दु बनाएर मंगलबार मध्याह्न ७.३ रेक्टरकाे ठूलाे भूकम्प अाएलगत्तै २ घन्टाभित्रै ४ रेक्टरमाथिका १० धक्काले जनजीवनलाई नराम्ररी बिथाेलेकाे छ ।
अमेरिकी भूगर्भ विभागले जनाएअनुसार दिउँसो पोनै १ बजेपछि ३ बजेभित्रै क्रमशः ७.३, ५.६, ५.५, ६.२, ५.०, ५.१, ५.२, ५.३, ४.८ र ५.३ रेक्टर स्केलका भूकम्प गइसकेका छन् ।

दिउँसाे पाैने १ बजेकाे अासपासमा राजधानीमा हालसम्मकै सबैभन्दा ठूलाे धक्का महसुस गरिएकाे भूकम्पकाे म्याग्निच्युड कति हाे भन्नेबारे पत्ता लागिनसकेकाे र त्यसकाे प्राेसेसिङ हुँदै गरेकाे उल्लेख गर्दै राष्ट्रिय भूकम्प मापन केन्द्रले टेलिफाेनमा जानकारी लिनेहरूलाई मात्रै माेटामाेटी जानकारी दिएर साढे तीन बजेसम्म पनि वेबसाइट अपडेट गरेकाे छैन ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले खबरडबलीसँग भने– ‘महाभूकम्पपछि हालसम्मकै ठूलो अर्काे भूकम्प गएको छ, यसको म्याग्निच्युड कति हो भन्ने पत्ता लागिसकेको छैन । हामी प्रोसेसिङमै छौं, केही बेरमा म्याग्निच्युड सार्वजनिक गर्छौं तर केन्द्रविन्दु दोलखा र सिन्धुपाल्चोक भएको चाहिँ पत्ता लगाइसकेका छौं ।’
earthquick_29_Nepal
अमेरिकी भूगर्भ विभागले भने दिउँसो पोनै १ बजेपछि ३ बजेभित्रै क्रमशः ७.३, ५.६, ५.५, ६.२, ५.०, ५.१, ५.२, ५.३, ४.८ र ५.३ रेक्टर स्केलका भूकम्प गइसकेका विवरण सार्वजनिक गरेकाे छ ।

यसैबीच राष्ट्रिय भूकम्प मापन केन्द्रले भने करिव ४ बजेमात्रै भूकम्पको विवरण सार्वजनिक गर्दै १२ः५० मा ६.८, १ः२१ मा ६.२, १ः५८ मा ५.३ र २ः४४ मा ५.३ रेक्टरको भूकम्प क्रमशः दोलखा–सिन्धुपाल्चोक, दोलखा, सिन्धुपाल्चोक र दोलखा केन्द्रविन्दु भएर गएको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
वैशाख १२ गतेको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पका कारणा त्रसित सर्वसाधारण नागरिक फेरि शक्तिशाली भूकम्प गएपछि झन् त्रसित भएका छन् ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news