समुन्द्रको बिचमा सुन्दर घर (फोटो फिचर)

एजेन्सी-
घर मानिसका लागि आधारभुत अत्यावश्यक हो। हावा, पानी, घामबाट बचाउनमात्र हैन सुखसँग जीवन बिताउन बिना घर सम्भव छैन। संसारमा यस्ता आकर्षक घरहरु छन् जसले केवल घाम, पानीबाट बचाउन मात्र हैन आलिशान अनि आरामदायी जीवनको लागि भनि बनाइन्छ। समुन्द्रको बिचमा, सानो टापुमा, सानो चिटिक्क परेको घर अनि घरबाट देखिने आकर्षक अनि लोभलाग्दो सहरी दृश्य।
कुनै बेला म्यारिलिन मोनरोए नामक व्यक्तिको निजी सम्पति रहेको सानो आइल्याण्ड (समुन्द्रको बिचमा अवस्थित जमिनको भुभाग)मा बनेको यस्तै एउटा घर अहिले १ करोड १० लाख डलर (करिब १ अर्ब ११ करोड रुपैया) मू्ल्यमा बिक्रिमा राखिएको छ। Tudor-style 11 million house (6)
लङ आइल्याण्ड साउण्ड नामको यो आइल्याण्डको टाभर्न आइल्याण्ड नाम दिइएको प्लटमा ६ बेडरुड सहितको ट्यूडर शैलीमा बनेको शानदार घर छ। ट्युडर शैली भवन बनाउने पुरानो शैली हो जुन इङ्ग्ल्यांण्डमा सन् १४८५ दखि १६०३ तिर युरोपको मध्यकालीन भवन शैलीलाइ नयाँ बनाइ प्रचलनमा ल्याइएको थियो।
Tudor-style 11 million house (8)
यो आइल्याण्डमा बिक्रिमा रहेको ठाँउ ३.५ एकर क्षेत्रफलमा फैलिएको छ। सन् १६५१ बाट यो आइल्याण्डमा मानिस बस्न थालेका थिए। शानदार घरको साथै अन्य तीन वटा विल्डिङ तथा स्वीमिङपुल पनि छ यो जग्गामा। समुन्द्री किनाराको मज्जा त छँदै छ। न्युयोर्क सहरको आकर्षक दृश्य साथै रातीको समयमा देखिने सहरी झिलिमिली अर्को आर्कषक पक्ष छ यो आइल्याण्डको।Tudor-style 11 million house (9)
६ बेडरुम सहितको घर सन् १९०० तिर बनाएको बताइन्छ। पुरानो घर भएतापनि यो घरमा प्रयोग गरिएको सामाग्री तथा कोठामा प्रयोग भएका आलिशान अनि आकर्षक सजावटले घर पुरानो हो भन्ने भान गराउदैन। समुन्द्रको बिचमा अवस्थित भएकाले यो आइल्याण्डमा आवतजावत भने डुङ्गाबाट गरिन्छ।Tudor-style 11 million house (18)
घरमै जिम, स्टिम रुम, चट्ट मिलेको किचन रुम अनि आगो ताप्नको लागि कोठा भित्रै सुविधा छ। स्यान्डी फाल्कोनर जो यो घरका पुर्व मालिक पनि थिइन, सन् १९८२ मा न्युयोर्क टाइम्स पत्रिकामा यसो भनेकि थिए, “मुख्य जमिनबाट टाढा समुन्द्रको बिचमा बस्दा सबैकुरा अलौकिक लाग्थ्यो। छिटो छिटो परिवर्तन भइरहने मौसम, समुन्द्रको नाटक देखि रंगहरु पनि अनौठा हुन्थ्ये।”
हेर्नुहोस् यो घर अनि आइल्याण्डका केहि दृश्यहरु,
Tudor-style 11 million house (3)Tudor-style 11 million house (4)Tudor-style 11 million house (5)Tudor-style 11 million house (7)Tudor-style 11 million house (10)Tudor-style 11 million house (11)Tudor-style 11 million house (12)Tudor-style 11 million house (13)Tudor-style 11 million house (14)Tudor-style 11 million house (15)Tudor-style 11 million house (16)Tudor-style 11 million house (17)Tudor-style 11 million house (1)Tudor-style 11 million house (2)

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news