सांगितिक आकाशमा पहिचान खोज्दै इनरुवाकि आकृती पराजुली
१८ फागुन, दिपेन्द्र यादव इनरुवा। सांगितिक आकाशमा आफ्नो पहिचान खोज्दै हिडेकि आकृतीलाई कसैले स्थानिय कलाकार भनिदिदा आफुलाई संसारको सबै भन्दा खुशी व्याक्तिको रुपमा ठान्छिन।
नेपाली गित संगितको बजार दिन प्रतिदिन धारासाहि बन्दै गएको अवस्थामा पनि नेपाली गित संगितलाई हामीले बचाएर राख्नुपर्छ भन्ने सोच सुनसरी सदरमुकाम इनरुवा घर भएकी आकृती पराजुलीको रहेको छ।
गायन क्षेत्रलाई आफनो पेशा भन्दा नि सौख भनि रुचाउने आकृति बिगत केहि बर्ष देखी संगित साधना गर्दै आएकि छिन्। मध्यम वर्गिय परिवारमा जन्मिएकि उनि इनरुवाकै एक निजी विद्यालयमा शिक्षिकाको रुपमा काम गरेर आफनो शौखपुर्ण भावनाले गीतहरु रेकर्ड गराउँने गर्छिन् ।
गित गाउने मात्र नभैकन उनि आफैपनि फुर्सदको बेलामा शब्द कोर्छिन। स्थानिय साथिहरुको संयुक्त प्रयासमा उनि ४ वटा अडियो गितहरु रेकर्ड गराईसकेकिछिन भने भिडियो गित रेकर्डको तयारीमा रहेको जानकारी उनि स्वंमले दिईन।
स्थानिय गायीका पराजुली आफनो आवाजलाई संगितिक माध्यमबाट प्रवाह गर्न पाउदा आफुलाई वेग्लै हौसला मिलेको बताउछिन। स्थानिय स्तरबाट कलाकारितामा सकृय रहेका नयाँ आगन्तुकलाई खोज्ने क्रममा ईनरुवा अनलाईनका सहकर्मी दिपेन्द्र यादवले स्थानिय गायीका आकृती पराजुली सँग गरेको संक्षिप्त कुराकानी :
तपाई आफ्नो परिचय दिनुहोस् न ?
मेरो नाम आकृती पराजुली हो मेरो घरको ठेगाना इनरुवा ३ सखुवागाछी हो म हाल शिक्षण पेशामा आब्ध छु भने मेरो रुची गित संगितमा पनि छ ।
तपाई अहिले के गर्दै हुनुहुन्छ, तपाईको दैनिक दिनचर्या कसरी बित्दैछ ?
म अहिले इनरुवाको एक निजी विद्यालयमा काम गर्दै छु तथा दैनिक बिहान स्वरको रियाज गर्छु ।
गित सङ्गितमा लाग्ने सोच कहिले बन्यो र कहाँ बाट सुभारम्भ भयो ?
म सानै देखि अतिरिक्त क्रियाकलापमा सकृय भैरहन्थे, घरमा खाना पकाउदा, स्कुलमा विद्यार्थीलाई पढाउदा, स्कुलको टिफिनको टाइममा गीत गुन गुनाउँने गर्थे, साथीभाईहरुले पनि तिम्रो आवाज राम्रो छ भन्न थाले त्यसपछि मलाई लाग्योकि सायद आफ्नो आवजले म मेरो स्थानिय ठाउको छुटै पहिचान बनाउन सक्छुकि त्यसैले सांगीतिक क्षेत्र मैले रोजे ।
गायन अर्थात सांगीतिक क्षेत्रमा भबिष्य बनाउँन के गर्न चाहनुहुन्छ ?
म आफनो प्रयास सधै जारी राख्छु र म आफनो भबिष्य सांगीतिक क्षेत्रमै बनाउँन विभिन्न प्रोग्रामहरुमा भाग लिन्छु ।
हाल सम्म कुनै गित रेकर्ड गराउँनु भएको छ कि छैन ?
मैले स्थानिय गायन क्षेत्रमा लागेका साथिहरु संग संयुक्त प्रयासमा अडियो गीतहरु रेकर्ड गराएर युट्युबमा राखेकि छु ।
गीत रेकर्ड गराउँदा कति खर्च लाग्दो रहे छ त्यो खर्च कहाँ बाट जुटाउनु भयो ?
एउटा मात्र पनि गित रेकर्ड गराउदा निकै खर्च लागदो रहे छ, मैले आफ्नो ठाउलाई चिनाउन गित रेकर्ड गराएकि हु ताकि मान्छेले मलाई पनि र मेरो ठाउलाई पनि चिनुन्न्। मैले आफनै पसिना बगाएर कमाएको रकमले गित रेकर्ड गराएको हो।
तपाईले रेकर्ड गराउनु भएको गीत हेर्न वा सुन्नको लागी के गर्नु पर्छ ?
युट्युवमा गएर “आउँन मेरो नजिक” अंग्रजीमा लेखि सर्च गरनु भयो भने मेरो गित भेट्न सकिन्छ।
तपाई एक स्थानिय कलाकार भएकोले गर्दा स्थानिय स्तरबाट केही साथ सहयोग पाउँनु भएको छ की ?
अहिले सम्म त्यस्तो सहयोगहरु पाएको छैन सायद म आफै पनि व्यस्त भएर होला तर स्थानियको साथ र सहयोग पक्कै पनि पाउछुहोला त्यसमा म विश्वस्त छु।
तपाईले सांगीतिक क्षेत्रको कुनै कार्यक्रम अथवा प्रतिष्पर्धामा भाग लिनु भएको छ ?
हालै चाहीँ नेपाल आईडलको अडिसन विराटनगरमा भएको थियो त्यसमा मैले भाग लिएकि थिए त्यस बाहेक कहिले काहि स्थानिय स्तरको कार्यक्रममा गर्छु । नेपाल आईडलको अडिसनको तेस्रो राउन्ड सम्म पुगे त्यपछि आउट भए। निकै नै उच्च स्तरीय प्रतिस्प्रधा हुदो रहेछ। त्यहाँ भागलिए पछि मलाई आफैँ महसुस भयो की म मा अभ्यास तथा क्नफिडेन्टको कमी छ।
प्रतियोगीता बाट कस्तो अनुभव अथवा अनुभुति लिनुभयो ?
त्यहाँ पुगेपछि आफनो लेवल थाहाँ हुन्छ, धेरै नया साथीहरु संग पनि चिनजान भयो। गीत गाउँनु भनेको त्यति सजिलो हुदोरहेन्छ, आफनो प्रत्येक कुराहरु याद गर्नु पर्छ, स्वर मात्रै राम्रो भएर हुदैन। जज भनेको अडियन्स नै हो । मेरो जजहरुले एउटै मात्रै कमेन्ट मात्रै गर्नु भयो। क्नफिडेन्ट लेभल बढाउनु पर्छ। मेरो मासमा बोल्ने बानी नभएकाले मलाई धेरै नै गाह्रो भयो।
मेकअपमा कतिको खर्च हुन्छ ?
म एक लेडिज हुँ सामान्य मेकअप भै हाल्छ नी हैन र ? तर अनावश्यक फजुल खर्च गर्ने बानि चै छैन मेरो ।
तपाईको पारिवारीक पृष्ठभुमिबाट कस्तो सहयोग पाउँदै हुनुहुन्छ ?
म आफनो पारीवारको राम्रै साथ पाईरहेको छु, पाउँछु पनि म विश्वस्त छु ।
अन्त्यमा तपाईलाई मनमा लागेको केहि कुरा छ की ?
म आफनो श्रोता, दर्शक तथा सुभचिन्तकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु साथै तपाईहरुको यो मिडियाको अझ प्रगतीको लागी शुभकामना दिन चाहन्छु । नेपाली गित संगितलाई माया गर्नुहोला र नव प्रवेशी लाई पनि साथ र सहयोग दिनुहोला भन्न चाहन्छु । यती मात्रै होइन मैले गाएको गीतमा भएको कमी कमजोरीलाई औल्याएर म समक्ष पुर्याएर सहयोग गरिदिनुहुनुका साथै मेरै गीतलाई अझ मन पराउँन हार्दिक अपिल गर्दछु ।
धन्यवाद हामिलाइ महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा ।
तपाई लगायत तपाई क्रियाशिल मिडियालाई पनि धेरै धेरै आभार प्रकट गर्दछु।
आकृतिको गित सुन्न यहा क्लिक गर्नुहोस







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news