१३ अस्पतालमा आजदेखि विशेषज्ञ डाक्टरसहितको आकस्मिक शल्यक्रिया सेवा
काठमाडौं, फागुन १ – स्वास्थ्य मन्त्रालयले विभिन्न १३ अस्पतालमा आइतबारदेखि विशेषज्ञ डाक्टरसहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालनमा ल्याउने भएको छ ।
अहिलेसम्म पनि विशेषज्ञ डाक्टर नभएका र आकस्मिक शल्यक्रिया सेवा नभएका ३० वटा जिल्ला अस्पतालमा यी सेवा सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो चरणमा आइतबारदेखि १३ वटा जिल्ला अस्पतालमा सुरु हुने र बाँकी जिल्ला अस्पतालमा केही हप्तापछि सुरु हुने मन्त्रालयले जनाएको छ ।
आइतबारदेखि सर्लाही, धादिङ, रोल्पा, नुवाकोटको त्रिशूली, गोर्खा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङको तुल्सीपुर, अर्घाखाँची, उदयपुर, धनकुटा र बाग्लुङको बुर्तिवाङमा विशेषज्ञ डाक्टरसहितको आकस्मिक शल्यक्रिया सेवा सुरु हुनेछ ।
यी अस्पतालमा विशेषज्ञ चिकित्सक र आवासीय एमडी वा एमएस वा डिएम वा एमसीएच चिकित्सकहरुलाई खटाइने मन्त्रालयको चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिनुभयो ।






0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news