हिड्दा हिड्दै दोबाटोमा
दिपा धिताल
हिड्दा हिड्दै दोबाटोमा छोड्यौ निष्ठुरीले
बाँचा कसम गाठो पारी तोड्यौ निष्ठुरीले
बाँचा कसम गाठो पारी तोड्यौ निष्ठुरीले
दिएकै थे राजीनामा मन र मुटु तिम्रै नाममा
फिर्ता दिई कागज पत्र छोड्यौ निष्ठुरीले
फिर्ता दिई कागज पत्र छोड्यौ निष्ठुरीले
निधारमा गरिबीको रेखा देखेपछि
धनीसँग नाता फेरि जोड्यौ निष्ठुरीले
धनीसँग नाता फेरि जोड्यौ निष्ठुरीले
तिम्रो पनि हस्ताक्षर छ मेरो कलेजीमा
अरे,आज फेरि त्यही किन खोज्यौ निष्ठुरीले
अरे,आज फेरि त्यही किन खोज्यौ निष्ठुरीले







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news