हेटौँडा कपडा उद्योग छिट्टै सञ्चालन हुने

पोखरा, माघ २७ गते । पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा १३ औँ लेखनाथ महोत्सव आजदेखि लेखनाथको तालचोकमा सुरु भएको छ । 
Rss_Images_1486645856752_NS_Pokhara_090217_unnamed
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा सुरु भएको सो महोत्सव आगामी फागुन ८ गतेसम्म सञ्चालन हुनेछ । 
विभिन्न जिल्लामा उत्पादित कृषि तथा हस्तकलाका वस्तुकोे बजार प्रवद्र्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा छिमेकी मुलुकमा उत्पादित औद्योगिक एवम् दैनिक उपभोग्य वस्तु तथा सेवाको प्रवद्र्धनमा टेवा पु¥याउने महोत्सवको उद्देश्य छ । 

महोत्सवमा दर्शकको मनोरञ्जनका लागि राष्ट्रिय ख्याति प्राप्त कलाकारको दैनिक प्रस्तुति, गण्डकी तारा, विद्यालयका छात्रछात्राको नृत्य, बाल उद्यान, खाना महोत्सव, सङ्गीत, राष्ट्रिय लोक दोहोरी कार्यक्रम प्रस्तुत गरिनेछ । कृषि, हस्तकला, यान्त्रिक, वित्तीय संस्था, गाडी, फेन्सी, तयारी कपडा, दुग्ध, रेस्टुराँ लगायत करिब ३०० कक्ष महोत्सवमा छन् ।
उद्योगमन्त्री जोशीले महोत्सवको उद्घाटन गर्दै हरेक वर्ष पाँच लाख नेपाली युवा रोजगारीका लागि अर्काको देशमा जाने गरेकाले अबको १० वर्षभित्र कोही पनि नेपाली कामका लागि विदेशमा जान नपर्ने गरी स्वदेशमै उद्योगधन्दा खोल्नेतर्पm लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले केही वर्षदेखि बन्द नेपाल औषधि लिमिटेड कम्पनी सञ्चालन भइसकेको र हेटौँडा कपडा उद्योग पनि छिट्टै सञ्चालन गरी नेपाली सेना, नेपा प्रहरी, राष्ट्रसेवक कर्मचारी, शिक्षकशिक्षिका र विद्यार्थीले लगाउने कपडा उत्पादन गर्नेतर्पm सरकारको सोचाइ रहेको जानकारी गराउनुभयो । रासस

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news