आन्दोलनको विकल्प खोज्न नागरिक समाजकाे आग्रह
इटहरी, ५ फाल्गुण । स्थानिय निकायको आन्दोलनले सेवाग्राही मारमा परेको भन्दै आन्दोलनको विकल्प खोज्न नागरिक समाजले आग्रह गरेको छ । लगातारको बन्दले दैनिक कार्यहरु गर्न नपाउँदा सेवाग्राहीमा समस्या बढ्दै गएको भन्दै नागरिक समाज इटहरीले विज्ञप्ती जारी गरी आन्दोलनको विकल्प खोज्न आग्रह गरेको हो । कर्मचारीले माग राख्न पाउने तर नागरिकहरुको दैनिकी नै कष्टकर बन्न थालेको भन्दै आन्दोलनरत पक्ष र सरकारलाई जिम्मेवार भएर सहज वातावरण वनाउन विज्ञप्तीमा आग्रह गरिएको छ ।
नागरिक समाज इटहरीका अध्यक्ष कमलेश शर्मा पौडेलले आन्दोलनरत कर्मचारीहरुले गरेको आन्दोलन पनि विधि सम्मत नभएको र एकै पल्ट कार्यालय नै ठप्प पारेको भन्दै विकल्प खोज्न आग्रह गर्नु भयो । लगातारको कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । जिल्ला विकास समिती, उपमहानगरपालिका र गाविसबाट लिनुपर्ने दैनिक सेवाहरु लिन नपाउँदा नागरिकहरुको दैनिकी नै कष्टकर बन्दै गएको छ । यता आन्दोलनरत कर्मचारीहरु भने दिनभर घाम तापेर दिन कटाउने गरेका छन् ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news