​रुपन्देहीमा प्रहरी चौकीमाथि आक्रमण, हतियार समेत लुटियो

रुपन्देही,  ८ फाल्गुण । रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्र अहिले तनावग्रस्त बनेको छ । स्थानियहरुले प्रहरी चौकी वडवलियामा ढुगांमुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको खबर प्राप्त भएको छ । स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले जानकारी दिनुभएको छ । झडपको क्रममा प्रहरीको साथमा रहेको एउटा हतियार लुटिएको प्रहरीको दावी छ । शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो । यो घटनालाई नै लिएर झडप भएको र यसमा सिके राउतका कार्यकर्ता संलग्न हुन सक्ने प्रहरीको आशंका छ । स्थिति नियन्त्रणमा लिन डीएसपीको कमाण्ड थप टोली मर्चवार क्षेत्रमा पठाइएको छ । झडपमा ३ जना प्रहरी पनि घाइते भएका छन् ।  

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news