कथा : ‘यो मोरीलाई भ्यालेन्टाइन गिफ्ट के दिऊँ ?’
‘अनि सुन त ! यसपालिको भ्यालेन्टाइनमा मेरा लागि के गिफ्ट किन्यौ नि ?’
फोन राख्नै लाग्दा टिनाले प्रश्न गरी । म चुप भएँ, मानौं झस्किएँ । म चुप देखेर टिनाले फेरि सोधी, ‘पोहोर जस्तो उधारो भ्यालेन्टाइन डे मनाउन पाइदैन नि ! यो पटक त दामी गिफ्ट चाहिन्छ अनि ठमेल जानु पर्छ बियर पिउन ।’
म हाँसें मात्र । मेरो हाँसो उसले देखिन, सुनिने गरी हाँसेको थिएन । ‘के भो ? किन चुप डियर ?’ उसले फेरि सोधी ।
‘सोच्दै छु यार ! यसपालि के दिउँ भनेर ।’ गफै त हुन्, लगाइदिएँ ।
ऊ हाँस्दै फोन काटी ।

रातीको एक बज्दै थियो । सिरानीमै राखेको बोतलबाट एक बोतल पानी पिएँ । बाहिर निक्कै जाडो थियो । भोलि बिहानै एउटा प्राइभेट कम्पनीमा अन्तर्वार्ताको लागि जानु छ । टिनासँग हरेक रात यस्तै मीठा गफ हुन्छन् अनि मात्र म निदाउन सक्छु । प्रेममा परेको तीन बर्ष पूरा भयो, दैनिक यस्तै हो फोन । कहिलेकाहीं समय अनुकूल नहुँदा हामी गफिदैनौं, त्यस्तो बेला हाम्रो फेसबुक च्याट हुन्छ । एसएमएसबाट पनि घण्टौं गफिन्छौं हामी ।
भ्यालेन्टाइन डेमा उसलाई दिने गिफ्ट सोच्दा–सोच्दै निद्रा लागेन । बिहानै उठेर अन्तर्वार्ताको लागि हल्का तयारी गर्नुपर्ला भनेको बिहान पाँच बजे पछाडि मात्र निद्रा प¥यो अनि उठें साढे ९ मा । रातभरको अनिदोले शरीर बम्म फुलेको जस्तो भएको थियो । सिनामंगलबाट बागबजार पुग्नु थियो । ट्याक्सीमा जाने पैसा थिएन, टेम्पोमा जाँदा ढिला हुने ग्यारेन्टी थियो । हतार–हतार सिनामंगल पुलबाट टेम्पोमा झुण्डिएरै भए नि बागबजार पुगें । अन्तर्वार्ता सुरु भइसकेको थियो तर मेरो पालो आउन अझै केही समय बाँकी थियो ।
दुइवटा मन लिएर अन्तर्वार्तामा बसें । एउटा मनले पैसा–पैसा भन्दै थियो, अर्को मनले टिना–टिना भन्दै थियो । अन्तर्वार्ता कस्तो भयो थाहा भएन तर मेरो तर्फबाट ठिकै भयो । नाम निस्कने आशामा दिउँसोको तीन बजाएँ । कार्यालय सचिवले एक हप्तापछि नतीजा प्रकाशित हुने र छनौटमा परेका उमेद्वारलाई फोनबाटै बोलाउने खबर दिएर बिदा गरे ।
भोक निक्कै लागेको थियो । छेवैको तन्दुरी ढावामा गएर दुई रोटी र एक हाप फ्राई दाल खाएँ अनि टिनालाई फोन गरें । उ मलाई भेट्न पिपुल्स प्लाजा खिचापोखरी आउने भई ।

गोजीमा पुगनपुग दुई हजार रुपैयाँ जगेडा थियो । त्यो जगेडा रुप्पे पनि रासन दुकानदारलाई तिर्न पर्सकै चोर गोजीमा लुकाएको थिएँ । आवश्यक परे खर्च हुन्छ, नत्र रासन ल्याएको तिर्छु भन्ने मानसिकता बोकेर लम्किएँ हिड्दै पिपुल्स प्लाजा ।
म भन्दा अघि नै टिना पुगी सायद बाटैमा फोन आयो, ‘कति कुराउँछौ यार डियर ! आधा घण्टा भयो । फास्ट आऊ नत्र म फर्कन्छु ।’ अलि–अलि रीस मिसिएको भाषामा टिना बोली । म स्वाँ–स्वाँ गरेको आवाजमै भनें, ‘सुन्धाराबाट भित्र छिरिसके, टु सेकेन्ड वन्ली यार डियर ।’

स्कुटीमा आएकी टिना हेलमेट हातमा समातेर म आउने बाटोतिर टोलाउँदै थिई । मलाई देखेर खुशी भई, नजिकै आएर अंगालो मारी अनि भित्र लागी ।
चारैतिर भ्यालेन्टाइन डे डिस्काउन्ट चलेको थियो । तामझामका साथ पिपुल्स प्लाजा सिंगारिएको थियो । हामीजस्तै जोडीहरु एक अर्कालाई अंगालोमा बेरेर सपिङमा मस्त थिए । सबै खुशी देखिन्थे, टिना पनि निक्कै खुशी थिई । तर म त्यति धेरै खुशी थिएन । कारण टिनाले सोचेजस्तै धनाढ्य म थिइनँ । उसले चाहेकाजस्तै भ्यालेन्टाइन गिफ्ट मैले किन्न सक्दिनँ ।

यो पैसा भन्ने चीजै यस्तै । जतिबेला आवश्यक हुन्छ त्यो बेला हुँदैन र जतिबेला पैसा हुन्छ त्यति बेला जवानी हुँदैन । भ्यालेन्टाइन डेको महत्व हुने बेला टिनालाई खुशी पार्ने पैसा छैन, पछि भएर के फाइदा ! तर पनि म दुःखी देखिएको छैन । म दुःखी देखिँदा टिनालाई असर गर्छ । उ स्याड हुन्छे ।
कहिले उसले जुत्ताको शोरुममा छिराउँछे त कैले बुटिकमा । उसले हात समातेर लेडिज फेसन कलेक्सनमा छिराउँदै भनी, ‘ल एउटा दामी पाइन्ट किन्देऊ त महासय ! यो भ्यालेन्टाइन डे स्पेसल सपिङ ।’
म खिस्स हाँसे । प्रभुलाई बिन्ती गर्दै मनमनै भनें, ‘पाइन्ट हजारभन्दा कममा पाइयोस् ।’
शोरुमका स्टाफले सयौं पाइन्ट देखाए । यो चलेको ब्राण्ड त कहिले यो लेटेस्ट फेसन भन्दै सयौं पाइन्ट खनिए तर मेरो भाग्य ! टिनालाई ती मध्ये कुनै पाइन्ट मन परेन । भगवानलाई धन्यवाद दिदै पसलबाट बाहिरियौं ।
मैले एउटा आइडिया लगाएँ, टिना फेरि–फेरि चस्मा लगाउन शौखिन थिई । प्रत्येक कपडासँग कलर म्याचवाला चस्मा पहिरनु उसको सबैभन्दा ठूलो सौख थियो । टिनालाई कोट्याउँदै भनें, ‘डियर ! एउटा गगल्स किन्दिन्छु ल । तिम्रो रोजाइको ।’
टिनाको स्वीकारोक्तिपछि डियोर आइज केयरमा छि¥यौं ।

हेर्दा सम्पन्न लाग्ने हाम्रो जोडीलाई पसल साउजीले निक्कै मीठो स्वागत गरे । डियोर ब्राण्डका विश्वस्तरीय चस्मा फटाफट निकाल्दै देखाउन थाले । यो भन्दा यो राम्रो भन्दै दुई दर्जन चस्मा शोकेशमा निकालेपछि एउटा पिङ्क कलरको चस्मा टिनाको रोजाइमा प¥यो । उसले त्यो चस्मा लगाउँदा मैले उसलाई करिना कपुरजस्तो मानें अनि भने, ‘ओ माइ गड ! हाउ नाइस लुकिङ ।’
टिनाले ऐनामा आफ्नो अनुहार ओल्टाई पल्टाई हेरी । मन परेको लक्षण देखाई । साँच्चै उसलाई त्यो चस्मा जमेको थियो । साउजीलाई बाठो बन्दै भनें, ‘यसको मूल्य कति हो ?’
‘छब्बिस हजार आठ सय हो, भ्यालेन्टाइन डिस्काउन्ट फिप्टिन प्रसेन्ट माइनस गर्दा बाइस हजार आठ सय जति पर्छ ।’ साहुजीले क्यालकुटेर बिनै हिसाब देखाइदिए । छेवैमा बसेको सहयोगीलाई इसारा गर्दै भनें, ‘त्यो डियोरको ब्याग अनि भ्याट बिल पनि ल्याउ त ।’

सहयोगी उठेर उता गए, मेरा निधारबाट तप्प पसिना चुहिन थाल्यो । टिना अरु पनि चस्मा चेक गर्दै थिइ । मोबाइलमा फोन आएको नाटक गर्दै म बाहिरिएँ ।
फोन आएको थिएन, डियोर चस्माको मूल्य सुनेर म झस्किएको मात्र थिएँ । किन्नलाई ठिक्क पारेको चस्मा मूल्य नमिलेर नकिनेको बहाना गर्नुभन्दा सुटुक्क भाग्नु उचित थियो । घर बाको आँखा कमजोर भएको धेरै बर्ष भयो । पोहोर तिहारताका आँखा अस्पतालमा लगेर चेक गराउँदा सामान्य खालको पावरवाला चस्मा लगाउनु पर्ने डाक्टरले सुझाव दिएका थिए तर पैसाको अभावमा अहिलेसम्म बाले चस्मा लगाउनु भएको छैन । आमाको पनि हाल त्यस्तै छ । आँखा दुख्छ, बेलुका खास्सै राम्ररी देख्दैन भनेर सयौं पटक सुनाउनुभएको छ । तर मैले मेरो जागिरको पहिलो कमाइले बाआमाको आँखाको उपचार गर्ने आश्वासन दिदै आएको छु ।

बाआमाले आफ्नो पसिना माटोमा भिजाएर संगालेको सानो पैसाले म शहरमा पढ्दैछु, भविष्य उज्ज्वल हुने आशामा । बाआमाले सोच्छन्, ‘आज लगानी ग¥यौं भने भोलि यसैले पाल्छ ।’
पिपुल्स प्लाजाको बाहिर निस्केर टिनालाई फोन गरें । उ चस्मा पसलभित्रै थिइ । ‘मलाई अर्जेन्ट रुममा जानुपर्ने भो, घरबेटी आएका छन् रे गेटको चाबी मसँग छ ।’
उ हतारिदै बाहिर आई । स्कुटीमा बसेर सिनामंगल पुलमा छाडी, मैले बिदा माग्दै भनें, ‘सरी यार डियर, आज समय दिन पाइनँ ! भोलि घुम्ने ल ।’

बर्षभरि खाने अन्न बेचेर बाले शहरमा पढ्न पठाएका हुन् । हो म गलत छैन, मैले बाको पसिना साटेर आएको दुई रुप्पे पनि गलत ठाउँमा प्रयोग गरेको छैन तर सुस्त–सुस्त म यस्ता आयातीत संस्कारबाट पीडित बन्दैछु । अलि अस्ति क्रिसमस डेको नाममा तनावमा परें । आज भ्यालेन्टाइन डेको नाममा ।
म र मेरो घरको वास्तविकता टिनालाई थाहा छैन । उ सोच्छे, ‘काठमाडौंमा बसेर इन्जिनियरिङ पढ्ने केटा सामान्य घरको हैन । बरु दीपक कन्जुस छ ।’
उ मेरो बारेमा यस्तै सोच्छे । कैयौं पटक भनेकी पनि छे । अस्ति न्यू इयरमा वियर पिउन ठमेलै जानुपर्छ भन्ने टिनालाई मैतिदेवीकै सामान्य रेष्टुराँ लैजाँदा भनेकी थिई, ‘कन्जुस बाहुन ! ठमेल कस्तो रमाइलो हुन्छ, यो चैं सधैं यस्तै कुना काप्चा मन पराउँछ ।’

ठमेलका कन्टिनेन्टल बारमा बसेर बियर पिउने रहर मलाई नभएको हैन तर त्यसको लागि चाहिने खर्च म सँग हुँदैन । त्यो उसलाई थाहा छैन ।
मैले उसलाई यति धेरै माया दिएको थिएँ कि जसको लेखाजोखा छैन तर मेरो पीडा, दुःख शेयर गरेको छैन । जसले गर्दा पनि उ म बाट सधैं गिफ्टको आशा राख्छे । उसको नजरमा म हरदम खुशी हुने र जमिन्दारकै छोरा नाति हुँ ।
अन्तर्वार्ता र चस्माको मूल्य सुनेर ह्याङ्ग भएको दिमाग सुस्ताउँदै थियो, बाहिर ढोकामा टिना आएको संकेत पाएँ । बाहिर गएर गेट खोल्दिएँ अनि भने, ‘बेलुकीपख किन यहाँ ?’

उसले हात समातेर भित्र लगी अनि कानैमा फुसफुसाउँदै भनी, ‘पगले ! थाहा छैन आज कुन दिन हो ?’
मैले सोझो पारामा मुन्टो हल्लाउँदै भने, ‘नाइँ !’
टिनाले मेरो दाहिने गालामा किस गर्दै भनी, ‘लाटा ! आज किस डे हो, पर्सि भ्यालेन्टाइन डे ।’

उसले च्वाप्प गालामा किस गर्दा फेरि झल्याँस्स भएँ अनि सम्झिएँ, ‘यो मोरीलाई भ्यालेन्टाइन गिफ्ट के दिऊँ ?’

0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news