अन्ततः कोमल वलीले दिइन् राजीनामा



फागुन, काठमाडौं। केही समय अघि मात्रै राप्रपामा प्रवेश गरेकी गायिका एवंं सञ्चारकर्मी कोमल वलीले अब पुर्णरुपमा राजनीतिमा होमिने निर्णय गरेकी छिन् । पूरा समय राजनीतिलाई दिने भएपछि उनले रेडियो नेपालको सरकारी जागिरबाट समेत राजीनामा दिएकी छिन् । गएको मंसिर ६ गते काठमाडौंमा भएको कार्यक्रममा राप्रपामा प्रवेश गरेपछि वलीलाई रेडियो नेपाल व्यवस्थापनले स्पष्टिकरण सोधेको थियो । उनले पार्टी राजनीतिमा सक्रिय भएर लाग्नका लागि राजीनामा दिएको बताएकी छिन् । उनले स्पष्टिकरणको जवाफ दिनुको सट्टा राजीनामा बुझाएको रेडियो व्यवस्थापनले जनाएको छ । -f

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news