किर्ते हस्ताक्षर गरेर रकम हिनामिना गर्ने जिविसका अधिकृत पक्राउ

बारा, माघ २९ – रकम हिनामिना गरेको आरोपमा जिल्ला विकास समिति बाराका सूचना तथा सामाजिक विकास अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । 
आर्थिक वर्ष २०७१७२ मा बाराको कचोर्वा गाविसको गाविस सचिव जयपत यादवको किर्ते हस्ताक्षर गरी १९ लाख रुपैयाँ गाविसको रकम हिनामिना गरेको आरोपमा जिविस बाराका सूचना तथा समाजिक विकास अधिकृत भरत यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । 
रकम हिनामिनाको आरोपमा धेरै समयदेखिको अनुसन्धानपछि यादवलाई पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ । बिहीबार तारिखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौं पुगेका यादवलाई आयोगले हिरासतमा लिएको हो । 
यादवले किर्ते हस्ताक्षर भएको प्रमाणित भएपछि पक्राउ गरीएको आयोगले जनाएको छ । अहिले बारा कचोर्वा गाविसका पूर्व गाविस सचिव जयपत यादवकोज्यान गइसकेको छ । 

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news