लुटपाट गर्न खोज्ने चार युवक पक्राउ
मोरङ, फाल्गुन १४ गते।
मोरङको भातिगंज गाविस -२ स्थित शुक्रबार राती भित्री सडकमा मादक पदार्थ सेवन गरी लुटपाट गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मोरङ भातिगंज २ बस्ने ३० बर्षियको पशुपती राजबंशी, बर्ष ३० को धनिराम राजबंशी, बर्ष ३३ को रमेश राजबंशी, बर्ष २० को श्रीनन्दन राजबंशी रहेका छन्। घट्नाको सुचना पाउनासाथ वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो। सो समुहले बिराटनगर-९ स्थित मेडिकल पसलबाट मोटरसाईकलमा घर फर्कने क्रममा भातिगंज-४ बस्ने रोहित यादव र भरत यादवलाई लुटपाट गर्न खोजेको आरोपमा पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news