राँगाले हानेर एकको मृत्यु एक घाईते
सिरहा, फाल्गुन १४ गते।
सिरहामा छाडा छोडिएको राँगाले हानेर शुक्रबार एक महिलाको मृत्यु भएको छ भने एक जना घाईते भएकी छन्। औरही पिप्रा गाविस-१ बस्ने ६५ बर्षिया मुसर्नी देवी साहलाई आफ्नै घरमा बसिरहेको अबस्थामा अचानक छाडा रांगाले आक्रमण गरेको थियो। राँगाको आक्रमणबाट गम्भिर घाइते साहको उपचारकोलागी लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। यसैगरी लहान नगरपालिका १५ स्थित ढोड्ना खोलामा राँगाले हानेर सोहि स्थान बस्ने ४० बर्षिया अनिता चौधरी घाईते भएकी छन्। चौधरीलाई बजारबाट घर फर्कने क्रममा राँगोले हानेर गम्भिर घाईते भई फ्रेन्स मोडल अस्पताल लहानमा उपचार भईरहेको सिरहा प्रहरीले जनाएको छ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news