नवलपरासीमा एक व्यक्तिद्वारा मट्टितेल छर्केर आगो लगाइ श्रीमतीको हत्या
नवलपरासी, फागुन ९ – नवलपरासीको पक्लिहवा–९ सकरदेहीमा घरायसी विवादको क्रममा श्रीमानले श्रीमतीको मट्टितेल छर्केर आगो लगाई हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार ३५ वर्षका निनु मुसहरले ३३ वर्षकी श्रीमती नदेरु मुसहरको मट्टीतेल छर्केर आगो लगाएका थिए । जलेर घाइते भएकी नदेरुको उपचारको क्रममा आइतबार विहान भैरहवा मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।
शनिबार राति निनुले मट्टिेल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी नदेरुलाई उपचारका लागि भैरहवा लगिएको थियो । निनुलाई इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । नवलपरासी, फागुन ९ – नवलपरासीको पक्लिहवा–९ सकरदेहीमा घरायसी विवादको क्रममा श्रीमानले श्रीमतीको मट्टितेल छर्केर आगो लगाई हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार ३५ वर्षका निनु मुसहरले ३३ वर्षकी श्रीमती नदेरु मुसहरको मट्टीतेल छर्केर आगो लगाएका थिए । जलेर घाइते भएकी नदेरुको उपचारको क्रममा आइतबार विहान भैरहवा मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।
शनिबार राति निनुले मट्टिेल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी नदेरुलाई उपचारका लागि भैरहवा लगिएको थियो । निनुलाई इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो ।






0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news