क्रिकेट प्रशिक्षक दासानायकेको सम्झौता आज सकिदै

असार १ काठमाडाैं-
एकवर्षे राष्ट्रिय टोलीको प्रशिक्षक भूमिकामा फर्केका श्रीलंकाली मूलका क्यानाडेली प्रशिक्षक पुबुदु दासानायकेको सम्झौता आज सकिदैछ । दासानायकेले नेपाल सरकारसँग सोझै सम्झौता गर्नु भएको थियो । 

हाल ट्वान्टी–२० विश्वकप छनोटको तयारीमा भारतको हिमाञ्चल प्रदेशमा राष्ट्रिय टोलीको नेतृत्व लिएर पुगेका दासानायकेले आफूलाई नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुद मन्त्रालयले केही जानकारी नदिएको बताउनु भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) लाई किनारा लगाउँदै सरकारका तर्फबाट खेलकुद मन्त्रालयले गत असारमा पुबुदुसँगको सम्झौता एक वर्षलाई नवीकरण गरेको थियो । सरकार र पुबुदुबीच मासिक १० हजार डलर पारिश्रमिक तथा नेपाल बसाइका लागि थप २ लाख रुपैयाँ सरकारले उपलब्ध गराउने गरी सम्झौता भएको हो । 

पुबुदु २०११ अक्टोबरमा पहिलोपल्ट मासिक ५ हजार डलर पाउने गरी ६ महिनाका लागि नेपाली राष्ट्रिय टोलीमा आउनु भएको थियो । 

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news