फेरि गयो ६.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

असार ६ काठमाडाैं-
नेपालमा भूकम्प गएको दुई महिना नवित्दै चिलीमा अर्काे शक्तिशाली भूकम्प गएको छ । 

अमेरिकी भौगर्भिक संस्थाका अनुसार दक्षिणी चिलीको तटीय क्षेत्र नजिकैै केन्द्रविन्दु भएर आइतबार दिउँसो शक्तिशाली भूकम्प गएको समाचार एजेन्सीले जनाएका छन् । 

भूकम्पको शक्तिशाली झट्काले मानवीय क्षति भएको खबर सार्वजनिक भएको छैन् । समाचार अनुसार भूकम्पबाट केही घरहरु भत्किएका छन् । भूकम्पको कडा झट्काले चिलीमा हजारौं नागरिक घर बाहिर निस्किएर खुला चौरमा गएको बताइएको छ । 

अमेरिकी भूवैज्ञानिक सेवाका अनुसार शक्तिशाली भूकम्पको धक्का ६ दशमलब ४ रेक्टर स्केलको हो । क्षतिको विस्तृत विवरण आउन बाँकी छ । यसअघि नेपालमा गएको शक्तिशाली भूकम्पबाट ८ हजार मानिसको मृत्यु भइसकेको छ । यसअघि जापान र मलेसियामा पनि शक्तिशाली भूकम्प गएको थियो । एजेन्सी ।दैनिक नेपालबाट

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news