एक दम्पती परिवारले एकैदिन आत्महत्या

वैशाख २९ बैतडी-
बैतडीको रुद्रेश्वर ४ रुनेटका एक दम्पतीले एकैदिन आत्महत्या गरेका छन् । रुद्रेश्वर ४ का ३८ वर्षिय गोविन्द नाथले भीरबाट हाम फालेर आत्महत्या गरेको केहि समय पछि नै उनकी श्रीमती ३५ वर्षिय जानकी नाथले पनि चमेलिया नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमानले आत्माहत्या गरेको खबर थाहा पाउनासाथ घरबाट निस्कन खोजेकी जानकीलाई गाउँलेले कोठामा बन्द गरेका थिए । तर उनले झ्यालबाट निस्केर नजिकैको चमेलिया नदीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले बताउनुभयो । 

दुवै जनाको शव परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । गाउँलेको अनुसार आत्महत्या गर्ने दम्पतीका २ जना साना सन्तान छन् ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news