भूस्वर्गकी अप्सरा : जादुगरी खप्तड
हिउँले ढपक्कै ढाकिएका खप्तडका डाँडाकाँडा र आकर्षण घाँसे मैदानहरु । त्यसमाथि वरिपरि फुलेका अनेकौं किसिमका रंगीचंगी फुलहरु । प्रकृतिको अनुपम उपहार । शोभायमान बगैंचाजस्तै । कहिले बादल, कहिले सिमसिमे पानी त कहिले चर्को घाम, जादुजस्तै क्षण–क्षणमा फेरिने मौसम । घाँसे मैदानका बीचबाट बग्ने निला तथा साना खोलाहरु भित्रको निलो आकाशको तस्वीरले मनै चंगा बनाउँछ । कात्तिकदेखि फागुनसम्मको समयमा त झन जताततै सेताम्य र त्यहीभित्र फुल्ने राता लालीगुराँस । आहा । कति सुन्दर हिउँँको राजधानी, लालीगुरासको बगैंचा ।
सुदुरपश्चिमको पर्यटकीय नगरी खप्तडको बान्की यस्तै देखिन्छ । लामो गन्तव्य खोज्नेहरुका लागि यो आकर्षक गन्तव्यस्थल हो । खप्तडको यात्राका लागि जेठ असारदेखि मंसिरसम्मको समय उपयुक्त मानिन्छ । मंसिरदेखि हिउँ पर्ने भएकाले त्यसपछिको यात्रा भने अलि कठिन बन्छ ।
प्राकृतिक सुन्दरताको अनुपम भण्डार हो खप्तड । समुन्द्र सतहबाट ३२०० मिटरको उचाइमा फैलिएको खप्तड हिन्दुकुश पर्वत श्रृखलासँग जोडिएको छ । वर्षमा चार महिना सेताम्य हुने खप्तडको हावापानी अन्य पहाडकोभन्दा विशिष्ट किसिमको छ । यहाँको थलथलले जमिनमा हिड्दा जताततै खुट्टा गाभिन्छ । हिमाली क्षेत्र भएनि शितोष्ण सव अल्पाइन जंगलले भरिभराउ छ ।
अछाम, बाजुरा, बझाङ र डोटी चार जिल्लाको संगमस्थल खप्तड क्षेत्र धार्मिक तथा पुरातात्विक दृष्टिकोणले समेत निकै महत्वपूर्ण मानिन्छ । यहाँ अनेकथरि देवताका अनेकथरि मन्दिरहरु छन् । खप्तड नामसँग पनि पूरानै किवन्दती छ । मानिसहरुका अनुसार ५३ वर्षअगाडि खप्तड आएका फकिर खप्तडबाबाले खप्तड नामलाई प्रसिद्ध बनाएका हुन । धार्मिक हिसाबले त छदैछ सामाजिक हिसाबले पनि खप्तड क्षेत्रको आफ्नै महत्व छ । नेपाली सभ्याताको प्रादुर्भाव भएको स्थानका मानिन्छ यसलाई ।

खप्तड पुगेपछि स्वर्गको आभास गर्नेहरु सायदै होलान । उकालै उकालो चढेपछि डाडाको टाकुरामा देखिन्छ हरियाली फाटैफाटहरुको मैदान । हरियाली मैदानका बीचबीचको खोल्साहरुको दृश्य झनै सुन्दर । जताततै रंगीचंगी फुलहरु अनि मयुर डाँफे मयुर लगायतका चराचुरुङ्गीहरु थप रमाइलो बनाइरहेका हुन्छन् । यहाँ २५ मैदान र वरिपरि ५३ वटा थुम्काहरु निकै आकर्षक छन् । किवदन्ती अनुसार भारतवर्षमा पाँच पाण्डवहरुले हलो जोत्दा फालीबाट फालेका माटोबाट यी थुम्काहरु बनेको हुन् ।

कसरी जाने खप्तड

खप्तड पुग्न धेरै पैदलमार्गहरु छन् । पैदलयात्रा गर्नेहरुका लागि अछाम, डोटी, बाजुरा र बझाङका विभिन्न क्षेत्रहरुबाट खप्तड पुग्न सकिन्छ । यद्यपी, त्यहाँ परिचित रुट गाइडको आवश्यकता भने अनिवार्य बन्छ । यदि सरल पदमार्ग नै खोज्ने हो भने त तपाईले डोटीको सिलगढीबाट हिडिने परिचित बाटोको सहायता लिनुपर्ने हुन्छ । सिलगढीबाट खप्तड उक्लने पदमार्ग अरु बैकल्पिक पदमार्गहरुको तुलनामा निकै सजिलो पदमार्ग हो ।

खप्तडयात्रामा निस्कदा करिब ८ देखि १० दिनको समय निकालेर निस्कदा राम्रो हुन्छ । पकेटमा सामान्यतया ५ हजारदेखि ८ हजारसम्म खर्च बोक्दा काफी हुन्छ । काठमाडौंबाट सिलगढी पुग्नलाई कैलालीको अत्तरियाबाट पहाडको नागबेली छिचोल्न सुरु गर्नुपर्छ । अत्तरियाबाट करिब ९ घण्टाको पहाडको नागबेली छिचोलेपछि सिलगढी पुगिन्छ । सिलगढीबाट पैदल यात्राको सुरुवात गर्नुपर्छ । हेलिकप्टरको ब्यवस्था गर्नसक्नुहुन्छ भने त खुट्टालाई मज्जैले विश्राम दिन सकिन्छ । हेलिकप्टर सिधै खप्तडमा अवतरण गर्न सकिन्छ । यसो गर्दा यात्राको समय केही घटाउदा पनि हुन्छ ।
यदि पैदलयात्राबाट नै खप्तड पुग्ने हो भनेपनि सिलगढीबाट पैदलयात्रा थालेको तेस्रो दिनमा खप्तड पुगिन्छ । अनि चक्कर लगाउनु सुरु गर्नुपर्छ यहाँका घासे मैदान, थुम्का, जंगलहरुको । घोडादौड पाटन, खप्तडबाबाको कुटी, नागढुंगा क्षेत्र, बल्दजोडी (भ्यूटावर), त्रिवेणी, भीमघट्ट, भीमलौरी, सहस्रलिंग, गणेश पाटन, सीतापाइला, छिते ढुंगो खप्तडका मुख्य घुम्ने ठाउँहरु हुन । दिनभर घुमेपनि हरेक दिन बास बस्नका लागि भने निकुञ्जकै गेष्ट हाउस फर्किनुपर्छ ।
यदि, पर्याप्त समय छ भने खप्तडबाट दुई दिनको हिडाइमा अछामको रामारोशन, बाजुराको बडीमालिका, डोटीको बडीकेदार वा बझानको सुरमा सरोवर पुग्न सकिन्छ । यी क्षेत्रहरु पनि प्राकृति तथा साँस्कृतिक दृष्टिले घुम्नलायक ठाउँहरु हुन । खप्तड क्षेत्रको प्राकृतिक सौन्दर्यता मोहनी लगाउने भएपनि यो अप्ठयारो गन्तब्य पनि हो । यात्रामा निस्कनेले केही कष्ट उठाउने मानसिकता भने तयार पार्नैपर्छ ।
मेहनेती र जाँगरिलाहरुको पैदल यात्रा गर्ने रमाइलो गन्तब्य हो खप्तड ट्ेरकिङ्ग । ट्रेकिङमा रहनुअघि गहुगो झोला बोक्ने र उकालो चढ्ने मानसिकता बनाउन अति जरुरी पर्दछ । यात्रामा निस्कदा पाल, सिलपिङ ब्याग, खाना पकाउने सामान लिएर जादा निकै राम्रो हुन्छ । यदि यति सामान लिन सकिएन भने पनि सिलपिड ब्याग र झोलाभरि डाइफुड लिन निकै जरुरी छ । हिउँँ र घाँसे मैदानको सफरमा निस्कदा न्याना र बाक्ला लुगा, पञ्जा, जुत्ता र बाक्ला मोजा भने जरुरी पर्दछ ।
र, अन्त्यमा
अहिले त खप्तडबाट भूस्वर्गकी अर्की अप्सरा कर्णालीकी पुग्ने पदमार्ग पनि खुलेको छ । राराको अद्वितीय प्राकृतिक मनमोहकताको तुलना स्वर्गकी अप्सरा भन्दा कम छैन । खप्तडबाट रारालाई पनि सम्झेर नयाँ पदमार्ग हुँदै रारासम्म पुग्ने पदमार्गको उचित प्रचारप्रसार गर्नु आवश्यक छ । सुदुरपश्चिम र मध्यपश्चिमका पर्यटनव्यवसायीहरु र राज्यस्तरबाट पनि तराई केन्द्रित पर्यटकीय गन्तव्यलाई मात्र होइन, खप्तड र रारालाई केन्द्रमा राखेर पर्यटकीय योजनाहरु बनाउन जरुरी छ ।

0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news