दाङको टरिगाँउ विमानस्थलवाट गोमा एयरको उडान शुरु

जेठ १४ दाँङ-
सात वर्षदेखि बन्द रहेको तुलसीपुरको टरिगाउँ विमानस्थल बिहीवारवाट सूचारु भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको लामो प्रयासपछि सात वर्षदेखि अबरुद्ध रहेको विमान सेवा बिहीवारवाट सुरु भएको हो । 

गोमा एयरको ढल्–ब्प्ल् विमान बिहीबार दिउँसो एक बजे काठमाडौवाट सुर्खेत हुँदै दाङको टरिगाउँ विमानस्थलमा अवतरण गरेको थियो ।

विमान अबतरण गर्ना साथ तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाईमा सभासदद्वय डिल्लीवहादुर चौधरी र बुद्धिराम भण्डारी, काँग्रेस जिल्ला सभापति घनश्याम रेग्मी, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, राप्ती सार्वजनिक यातायात व्यवसायी समिति, उद्योगी, व्यवसायी, लगायतले विमानका चालकदलका सदस्यहरु तथा यात्रुहरुलाई स्वागत गरेका थिए । गोमा एयरले अब प्रत्येक साताको सोमबार र बिहीवार काठमाडौ–सुर्खेत हुँदै टरिगाँउ विमानस्थलवाट उडान भर्नेछ ।

गत असार १८ मा सीता एयरले सफल परिक्षण उडान गरेको भएपनि त्यसको झन्डै एक वर्षको अन्तरालमा विमान सेवा शुरु भएको छ । २०१६ साल देखि ०४२ सालसम्म नियमित विमान संचालन भएको थियो । तर त्यसपछि २०६० सालसम्म विमान सेवा अवरुद्ध वनेको थियो । फेरी २०६० सालदेखि सुरु भएको विमान सेवा ०६६ मंसिर सम्म नियमित संचालनमा आएको थियो ।

तर त्यसयता विमान सेवा सुरु हुन सकेको थिएन । विमान सेवा वन्द भएको झन्डै ७ वर्षपछि फेरी जेठ १४ गतेवाट विमान सेवा सुरु भएको छ । धावनमार्ग कालोपत्रे नभएको, यात्रु अभाव लगायत विभिन्न कारण देखाउँदै विमान सेवा सञ्चालन हुन सकेको थिएन ।

झन्डै साढे आठ करोडको लागतमा केही समय अघि धावनमार्ग कालोपत्रे गरिएको थियो । विमानस्थल कालोपत्रे गर्न भूमिका खेलेको तुलसीपुर उद्योग वाणिज्य संघले विमान सेवा सुचारु गर्न गोमा एयरलाई आश्वस्त पार्न ९ वटै टिकेटको जिम्मा आफैले लिएको छ । विमानस्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले लामो समयदेखि वाणिज्य संघले थालेको मिसन पूरा भएको प्रतिक्रिया दिए । 

रिजालले आफूहरुले ठूलो जोखिम मोलेर यस क्षेत्रका जनताको सुविधाका लागि एकतर्फी भाडाको जिम्मा लिएपछि गोमा एयरले दाङ उडान भर्न सुरु गरेको वताए । उनले भने,‘हामीले सुरुवातमात्रै गरेका छौ । यसमा सवैको सहयोग आवश्यक पर्छ ।’ दाङवाट सिधा काठमाडौं जान सात हजार नौं सय ९० रुँपैया भाडा निर्धारण गरिएको छ ।नेपिल्जबाट

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news