सुदूरपश्चिममा विपद ब्यबस्थापनका लागि तयारी शुरु
शेर बहादुर एेर, जेठ १३ धनगडी-
यस बर्ष बाढी तथा पहिरोको मौषम शुरु हुनु अगावै सुदूरपश्चिम क्षेत्रमा विपद तथा महामारी ब्यबस्थापनका लागि तयारी शुरु गरिएको छ ।
क्षेत्रिय प्रशासकको नेतृत्वमा रहेको विपद तथा महामारी ब्यबस्थापन समितीले नौ वटै जिल्लामा हुन शक्ने विपद तथा महामारी ब्यबस्थापनका लागि योजना बनाई काम शुरु गरेको हो ।
समितिले सुपका नौ वटै जिल्लामा हुन शक्ने जोखिम र स्थानको आकलन गरि ब्यबस्थापनका लागि तयारी गरिरहेको समितिका संयोजक एबं सुदूरपश्चिम क्षेत्रिय प्रशासक शरदराज बिष्टले बताए । उनले समितिले नौ वटै जिल्लामा समन्वय गरि ब्यबस्थापनका लागि कुन जिल्लामा के चाहिन्छ र के को बढी आवश्यकता छ भन्ने पत्ता लगाई सामाग्री संकलन गर्ने काम भईरहेको जानकारी दिए ।
यस क्षेत्रमा सबैभन्दा बढी जोखिम बाढी पहिरोको रहेको र बाढी पहिरो संगै महामारी फैलिने खतरा समेत बढने हुदा त्यसका लागी योजना बनाई अघि बढीरहेका छौ क्षेत्रिय प्रशासक बिष्टले भने धेरै जिल्लाको स्थलगत भ्रमण गरि जोखिमबारे अध्यन समेत गरेका छौ । क्षेत्रिय प्रशासक बिष्टले महाकाली, सेती, कैलालीको मोहनाका कारण ति क्षेत्रहरुमा बाढीको जोखिम रहेको बताए । उनले कैलाली कञ्चनपुरमा बाढी र पहाडी जिल्लाहरु बाजुरा, बझाङ, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुल्लामा पहिरोको जोखिम रहेको बताए । खासगरी बर्षा याममा बाढी र पहिरोको कारण सडक अबरुद्ध हुने हुदा बाटो खुलाउन तथा उद्धारका लागि डोजरको आवश्यकता पर्ने तर यस क्षेत्रमा डोजर तथा स्काभेटर जस्ता उपकरण एकदमै कम रहेकाले थप डोजर ल्याउन पहल भईरहेको बताए ।
क्षेत्रिय स्तरमा गठित समितीले स्वास्थ्य, सडक, कृषी, खानेपानी लगायत बिभिन्न क्षेत्रलाई जिम्मेवारी दिएको बताउँदै प्रशासक बिष्टले अहिलेको फोकस नै विपदमा केन्द्रित रहेको जानकारी दिए । केही दिन भित्र नौ वटै जिल्लामा विपद ब्यबस्थापनका लागि बनेका योजनाहरु क्षेत्रमा आईपुग्ने र ति योजनालाई एकिकृत गरि प्राथमिकताका आधारमा थप कार्य अघि बढाईने पनि क्षेत्रिय प्रशासक बिष्टको भनाई छ ।
विपदका बारेमा समय र स्थान कसैलाई थाहा हुदैन बिष्टले भने यसको ब्यबस्थापन तथा जोखिम कम गर्न सबैले चनाखोका साथ तयारी अबस्थामा बस्नुपर्छ । विपद सामना गर्न सबैको सहयोग र सक्रियता आवश्यक रहेकाले राज्यको मुख ताक्नु भन्दा पनि सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने प्रशासक बिष्टको भनाई छ ।
विपद रोक्न नसकिने भएपनि आईसकेपछि आत्तिनु भन्दा पहिले नै तयारी अबस्थामा बसे क्षती कम हुने हुदा जेठ महिना भित्रै जोखिम ब्यबस्थापनका लागि पुर्ण तयारी गर्ने गरि काम भईरहेको क्षेत्रिय प्रशासन कार्यालयले जनाएको छ । बिगतका अनुभवलाई हेर्दा पुर्ब तयारी तथा सतर्कता अभावले धेरै क्षति ब्यहोर्नु परेको छ क्षेत्रिय प्रशासक बिष्टले भने त्यही कारण यसपटक आफु क्षेत्रमा आउने बित्तिकै बिपदलाई नै प्राथमिकतामा राखि काम गरिरहेको छु ।
अहिले खासगरी बिपदका बेला परिचालन गर्ने जनशक्ती र परिचालन गर्ने तरिकाबारे योजना बनिरहेको उनको भनाई छ । साथै क्षेत्रिय समितीले हुन सक्ने विपद सामना गर्नका लागि उद्धार सामाग्री र राहत सामाग्री समेत संकलन गरिरहेको क्षेत्रिय प्रशासक बिष्टले जानकारी दिए ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news