सुत्केरी हुन आउने आमालाई नुन र साबुन
नरी बडु,जेठ १३ बैतडी-
बैतडीको दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा संस्थागत सुत्केरी गराउन आउने आमाहरुलाई आयोडिन नुनका साथै साबुन दिन थालिएको छ ।
स्वास्थ्यको पहुँच नपुगेका तथा दुर्गम क्षेत्रका स्थानियलाई संस्थागत सुत्केरी गराउन प्रोत्सान होस भन्ने उद्देश्यले स्वास्थ्यको क्षेत्रमा काम गर्ने साँस्कृतिक सम्बर्धन तथा सामाजिक सुधार मञ्च बैतडीले यस्तो कार्यक्रम चालु गरेको हो ।
बैतडीको अधिकासं भागमा ढीके नुनको प्रयोग व्यापक रहेको र यसलाई कम गर्ने उद्देश्यले यस्तो रणनिती अपनाईएको मात्री नवजात शिशु स्वास्थ्य तथा पोषण कार्यक्रमका कार्यक्रम संयोजक जिवन भट्टले बताउनुभयो ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news