जननायक विश्वेश्वर प्रसाद कोइरालाको सम्झनामा विपी स्मृति भवन निर्माण हुने
जेठ १७ बाजुरा-
जननायक विश्वेश्वर प्रसाद कोइरालाको सम्झनामा विपी स्मृति भवन निर्माण हुने भएको छ । बाजुरा सदरमुकाम मार्तडीमा निर्माण हुन लागेको भवनको शनिबार शिलान्यास गरिएको हो ।
भवन शहरी विकास मन्त्रालयको ६ लाख ५० हजार अनुदान र संसदीय निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत सभासद बद्रि पाण्डे बाट २ लाख गरि कुल ८ लाख ५० हजारमा निर्माण हुन लागेको बिपि स्मृती प्रतिस्ठान बाजुराका अध्यक्ष धनराज पण्डितले बताउनु भएको छ ।
बडिमालीका नगरपालीका १० मा रहेको मालिका मन्दिरको नजिकै पाँच सय बर्ग मिटर जमिनमा निर्माण हुन लागेको बताइएको छ । भवनको काँग्रेस नेता एवं पूर्व भूमिसुधार सहायक मन्त्री जनकराज गिरीले शिलान्यास गर्नु भएको हो । विपी प्रतिस्ठानका अध्यक्ष धनराज पण्डितको अध्यक्षतामा सञ्चालन भएको शिलान्यास कार्यक्रमको प्रमुख अतिथी अतिथी नेपाली काँग्रेसका नेता एवं पूर्व भुमीसधार सहायक मन्त्री जनकराज गिरी रहनु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथी नेपाली काँग्रेसका नेता एवंम संविधान सभाका निर्वतमा सदस्य देबराज जोशी, महानेपाली, नेपाली कांग्रेस पार्टी सभापती मान बहादुर रावल, नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका उप–सभापती कबिराज पण्डित, सेती अञ्चल समन्नय समिमित सदस्य राम सिँह रावल, सहसचिव राजेन्द्र शाह लगाएत नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पदाधीकारी तथा सदस्य, लगाएत विभिन्न भातृ संघका पदाधीकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
विपी स्मृती भवनको सिलान्यास कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता जनक राज गिरीले विपी स्मृती भवनको निर्माणका लागी सबैले आ आफ्नो तह र तप्का बाट सहयोग गर्न आवश्यक रहेको बताउनु भएको छ । यसैविच नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराको बैठक पनि सोही ठाँउमा बसेको छ । आजको बैठकमा नेपाली कांग्रेसको आसन्न अधिवशेनका विषयमा छलफल गरि भोली पुनः बस्ने गरि स्थगीत भएको पार्टी सचिव एवमं प्रवक्त धनराज पण्डितले जानकारी दिनुभएको छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news