बन्द रहेको विद्यालय आइतबार बाट सञ्चालनमा

जेठ १७ काठमाडाैं-
एक महिनाभन्दा लामो सयमदेखि बन्द रहेको विद्यालय आइतबार बाट सञ्चालनमा आउने भएका छन् । वैशाख १२ गतेको भुकम्पपछि भुकम्प प्रभावित १४ जिल्लाका विद्यालय बन्द रहेका थिए । 

विद्यालय खुल्ने भएपछि विद्यालयहरुले विद्यार्थीलाई मनोवैज्ञानिक परासर्म दिर्ने गरी तयारी  थालेका छन् । आफ्ना बालबालिकालाई विद्यालय पठाउनु अघि विद्यालयको भौतिक क्षति र अवस्था बुझेर पठाउन र अस्थाई टहरो बनाउन सहयोग गर्न शिक्षा मन्त्रालयले आग्रह गरेको छ । 

भुकम्पबाट अति प्रभावित विद्यालयमा आजबाट सबै कक्षा सञ्चालन नभएपनि विद्यार्थी र शिक्षकबीच   केही न केही क्रियाकलाप सञ्चालन हुने शिक्षा मन्त्रालयका सहप्रवत्ता सरस्वती पोखरेलले बताउनुभयो । तर केही विद्यालयले  अस्थायी टहरो वा अरु केही विल्कप निकालिसकेकाले विद्यालयले आजबाट पठनपाठन पुर्ण रुपमा हुन सक्ने पोखरेलले बताउनुभयो  । 

त्रिपाल वा टेन्टमुनी अभिभावकसँगै बस्दै आएका बालबालिका आजदेखि बिद्यालय जने भएकाले अविभावले विशेष ख्याल गर्नुपर्ने शिक्षाविद् डा विद्यानाथ कोइराला बताउनुहुन्छ । भूकम्पले ७ हजार विद्यालयका १६ हजार ४ सय ७५ ओटा कक्षाकोठा पूर्णरुपमा ध्वस्त भएका छन् भने भुकम्पमा परेर ३ सय ८० विद्यार्थी र ६४ जना शिक्षकको मृत्यु भएको शिक्षा मन्त्रालयले  जनाएको छ । 

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news