कालीगण्डकी नदी थुनिएपछि म्यादी सदरमुकाम वेनीसहित नदी किनारका बस्ती जोखिममा

मेचीकाली समाचार, जेठ १० म्याग्दी-
कालीगण्डकी नदी थुनिएपछि म्यादी सदरमुकाम वेनीसहित नदी किनारका बस्ती जोखिममा परेसँगै अर्को संकट देखा परेको हो । 
भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदी थुनिएको हो । करिब एक हजार ५०० मि माथिबाट पहाड भत्किएर खसेको पहिराले कालीगण्डकीलाई थुनेपछि तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् ।
नदी थुनिएर ठूलो तलाउ बनेको र पानीको प्रवाह पूरै रोकिएको हो । पानीको सतह कति बढेको छ भन्ने अनुमान गर्न सकिने अवस्था छैन । पहिरो नियमित खसिरहेको छ । बैसरीमाथिका बस्तीमा डुबान र तलको तटीय क्षेत्रमा बाढीको खतरा रहेकाले सुरक्षा निकायले सतर्कता अपनाउन तथा सुरक्षाको उपाय अपनाउन सूचना जारी गरेका छन् । 

गत वैशाख १२ गतेको भूकम्प र त्यसयताका पराकम्पनका कारण चर्किएको पहाड भत्किएर पहिरो खसेको हो । प्रधानमन्त्री सुशील कोइरालाले कालीगण्डकी नदीमा थुनिएको पानी खोल्नका लागि सुरक्षाकर्मी परिचालन गरिसकेको जानकारी दिएका छन् ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news