२ लाख ८० हजारको लागतमा मन्दिर निर्माण

रेडियो बाजुरा, जेठ १२ बाजुरा– 
जिल्लाको कोटिला गासिमा  नव दुर्गा कालिका मन्दिरको निर्माण गरिएको छ । नेपाल पर्यटन मन्त्रालयकोे २ लाख ८० हजारको लागतमा मन्दिर निर्माण गरिएको हो । 

वडा नं २ र ३ का स्थानियको सक्रियतामा मन्दिर निर्माण कार्य सम्पन्न भएको स्थानिय काली बहादुर मल्लले जानकारी दिनु भएको छ । 

त्यस्तै कोटिलाकै अर्को खवरमा वडा नं २ र ३ को विचमा पर्ने कोइराली भिरको १ सय मिटर बाटो स्थानियको सक्रियतामा निर्माण गरिएको छ । 

पहिरोले बाटो अवरुद्ध हुदा स्थानियलाई आवत जावतमा निकै समस्या भएको थियो । स्थानिय ललित विक र कर्णवीर विकको नेत्तृत्वमा  बाटो निर्माण गरिएको  खवर प्राप्त भएको छ । 

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news