खाडि देशमा एक यूवा मरुभुमिमा ढले , किन ?(हेर्नुस् भिडियोमा)



आफ्नी धनाड्य प्रेमिकाले आफू एक सानो होटलमा वेटरको काम गर्ने थाहा पाए पछि अर्को केटा संग लागे पछि यूएइको अलआइनमा बैदेशिक रोजगारमा गएका जगदिश गुरुङ करिव तातो बालुवा भएको मरुभुमिमा ढलेका छन् तर बास्तबिकतामा नभइ म्युजिक भिडियोमा ।

दयाराम घिमिरेको निर्देशन रहेको आफ्नो मान्छे आफ्नै हुन्छ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक संगै कलाकार जगदिश गुरुङ को मोडलिङको यात्रा थप मजबुद भएको छ । यस अघि गुरुङ ले रामचन्द्र काफ्लेको आवाज मा रहेको गितमा मोडलीङ गरेका थिए ।

डेबिड शंकरको आवाजमा रहेको यस गितको भिडियो लाइ निर्देशक घिमिरेले नै खिचेका हुन् भने भिडियोमा जगदिशलाइ साथ दिएकी छिन् अनिता बनले । साथै भिडियोमा निर्देशक घिमिरेलाइ पनि देख्न सकिन्छ । भिडियो लाइ बिपिन भाटले सम्पादन गरेका हुन् । बिदेशि भुमिबाटै मोडलिङ आरम्भ गरेका मोडल जगदिश गुरुङले नेपालमा तारीफ बटुलिरहेका छन ।कलिउडबाट

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news